चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 256 of 1166
  • 2026-11-29
  • 11:27:35
  • आइतबार,मंसिर १४, २०८३

About Author

नेपाली महिला क्रिकेट टोली एसिया कपमा पनि छनोट हुन सकेन

काठमाडौं– नेपाली महिला क्रिकेट टोली एसिया कपमा पनि छनोट हुन असफल भएको छ। केही दिनअघि एसियन गेम्स छनोटमा पनि असफल भएको महिला टोली एसिया कपमा पनि छनोट हुन सकेन। मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको क्‍वाटरफाइनलमा थाइल्यान्डसँग पराजित भएसँगै नेपाल एसिया कपमा छनोट हुन असफल भएको हो। आज (बुधबार) विहान भएको क्‍वाटरफाइनलमा नेपाल थाइल्यान्डसँग ५६ रनले पराजित भयो। थाइलयान्डले प्रस्तुत गरेको १३१ रनको लक्ष्य पछ्याएको नेपालले पूरा २० ओभरमा ७ विकेट गुमाएर ७४ रन मात्र बनाउन सक्यो। नेपालका लागि रुबिना क्षेत्रीले सर्वाधिक अविजित २० रन बनाइन्। सोनी पाख्रिनले १५, सीता रानामगरले १२ तथा सम्झना खड्काले ११ रन बनाइन्। अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन्। थाइल्यान्डका लागि थिपात्चा पुथावङले ४ ओभरमा ७ रन मात्र दिएर २ विकेट लिइन्। सुनिदा चतुरोङरतना र सुलिपर्न लाओमीले पनि २–२ विकेट लिए भने फनिता मायाले १ विकेट लिइन्। त्यसअघि वायुमास ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको थाइल्यान्डले २० ओभरमा ४ विकेट गुमाएर १३० रन बनाएको थियो। थाइल्यान्डका लागि नानापत कोन्चारोन्काइले अर्धशतकीय पारी खेलिन्। उनले ५१ बलमा अविजित ६३ रन बनाइन् । फनिता मायाले २६ तथा चनिदा सुथिराङले १६ रन बनाइन्। नेपालका लागि कविता कुँवर, रिया शर्मा र रुबिना क्षेत्रीले १–१ विकेट लिए। नेपाली महिला टोली गत साता भएको एसियन गेम्सको छनोटमा पनि निर्णायक खेलमा चीनसँग पराजित भएर एसियन गेम्समा छनोट हुन असफल भएको थियो।

News by नेपाली महिला क्रिकेट टोली एसिया कपमा पनि छनोट हुन सकेन :