चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 2 of 1151
  • 2026-11-21
  • 09:36:49
  • शनिबार,मंसिर ०६, २०८३

About Author

पश्चिमी वायु र ‘अक्वान’को प्रभाव, यी क्षेत्रमा लाग्नेछ हुस्सु

काठमाडौँ– पश्चिमी वायु र ‘अक्वान’ चक्रवातको आंशिक प्रभावका कारण आज देशका विभिन्न क्षेत्रमा आंशिक बदली हुने भएको छ। तराईका भूभाग, काठमाडौँ उपत्यका तथा खोँचका केही स्थानमा बिहानको समयमा हुस्सु र कुहिरो लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी, मधेस र बागमती प्रदेशका अधिकांश भूभागमा आंशिक बादल लाग्ने सम्भावना छ। यस्तै, गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा पनि आंशिक बदली रहनेछ। देशका अन्य भूभागमा भने मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ। पश्चिमी वायु र चक्रवातको आंशिक प्रभावका कारण मौसममा सामान्य परिवर्तन देखिए पनि आज अधिकांश क्षेत्रमा मौसम सफा रहने महाशाखाको पूर्वानुमान छ। विशेषगरी बिहान तराई, उपत्यका र खोँच क्षेत्रमा लाग्ने हुस्सु तथा कुहिरोले जनजीवन र यातायातमा सामान्य प्रभाव पार्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनुपर्ने देखिन्छ।

News by पश्चिमी वायु र ‘अक्वान’को प्रभाव, यी क्षेत्रमा लाग्नेछ हुस्सु :