चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 582 of 1155
  • 2026-11-23
  • 16:29:28
  • सोमबार,मंसिर ०८, २०८३

About Author

तपाँईको आजको राशिफल

मेष– चु, चे, चो, ला, लि, लु, ले, लो, अ आजबाट भाग्यले विभिन्न अवसर जुराउनेछ। धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ। नयाँ काम सुरु गर्ने समय पनि छ। मिथुन– का, कि, कु, घ, ङ, छ, के, को, हा आज भाग्यले विभिन्न अवसर जुराउनेछ। मनमा शान्ति र अनुहारमा कान्ति छाउने छ। सांगीतिक क्षेत्रमा रुचि पनि बढ्ने छ। सिंह– मा, मि, मु, मे, मो, टा, टि, टु, टे आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। साथीभाइले राम्रै सहयोग गर्नेछन्। भूमिबाट पनि लाभ मिल्ला। तुला– रा, रि, रु, रे, रो, ता, ति, तु, ते रोकिएका काम पुनः सुरु हुन सक्छन्। आर्थिक कारोबारमा सफलता पाइएला। महिला वा मित्रबाट विशेष सहयोग मिल्ने छ। धनु– ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ठीक समयमा सही निर्णय लिन सकिने छ। राजनैतिक क्षेत्रमा सफलता मिल्ने छ। व्यापार व्यवसायमा सफलता मिल्ने छ। कुम्भ– गु, गे, गो, सा, सि, सु, से, सो, दा आज नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ। सांस्कृतिक क्षेत्रमा रुचि बढ्ने छ। शुभारम्भको चर्चा चल्ने छ। वृष– इ, उ, ए, ओ, वा, वि, वु, वे, वो नाक तथा घाँटीमा समस्या आउन सक्छ। सामान हराउने वा चोरी हुने सम्भावना छ। बन्न लागेको काम पनि बिग्रिएला। कर्कट– हि, हु, हे, हो, डा, डि, डु, डे, डो आज महत्वपूर्ण कामको थालनी हुनेछ। परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला। सामाजिक क्षेत्रमा सफलता मिल्ने छ। कन्या – टो, पा, पि, पु, ष, ण, ठ, पे, पो आज स्वास्थ्यमा खर्च बढ्ने छ। शरीरमा स्फूर्ति र उमङ्गको कमी आउला। सानो तिनो समस्यामा पनि अल्झनु पर्ला। वृश्चिक– तो, ना, नि, नु, ने, नो, या, यि, यु आज धैर्य एवं लगनशीलताले अवसर दिलाउने छ। आर्थिक क्षेत्रमा राम्रै सफलता मिल्ने छ। प्रेम सम्बन्ध कसिलो हुनेछ। मकर– भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि पारिवारिक जीवनमा असमझदारी बढ्न सक्छ। विद्यार्थीले पनि पढाई अलिक ध्यान दिनु पर्नेछ। वैदेशिक कार्य भने बन्ने छ। मीन– दि, दु, थ, झ, ञ, दे, दो, चा, चि आज प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ। श्रमको उचित मूल्याङ्कन हुनेछ। प्रेम जीवन सबल र सफल रहनेछ।