त्रिकोणात्मक टी–२०: नामिबियाविरुद्ध नेपालले पहिले ब्याटिङ गर्दै - Chaitanya News
  • 2026-06-07
  • 09:35:01
  • आइतबार,जेठ २४, २०८३
  • त्रिकोणात्मक टी–२०: नामिबियाविरुद्ध नेपालले पहिले ब्याटिङ गर्दै

    त्रिकोणात्मक टी–२०: नामिबियाविरुद्ध नेपालले पहिले ब्याटिङ गर्दै

    काठमाडौँ– नेपालले त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत आफ्नो तेस्रो खेलमा नामिबियासँग खेल्दैछ।

    टीयु क्रिकेट मैदानमा भएको टसमा नामिबियाका कप्तान जेजे स्मिथले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएपछि नेपालले ब्याटिङको निम्तो पाएको हो।

    नेपालले आजको खेलमा तीन परिवर्तन गरेको छ। आरिफ शेख, अभिनाश बोहरा र अनिल शाह आज टोलीमा छन्। ललित राजवंशी, कुशल भुर्तेल र सन्दीप जोरा बाहिर छन्।

    नामिबियाले पहिलो खेलमा नेपाललाई २० रनले हराएको थियो। नामिबियाले दिएको २०७ रनको विजयी लक्ष्य पछ्याएको नेपाल १८६ रनमा अल आउट भएको थियो।