नेपाल आइडलको नयाँ सिजन फागुन २५ गतेबाट प्रसारणमा आउने - Chaitanya News
  • 2026-05-25
  • 09:26:06
  • सोमबार,जेठ ११, २०८३
  • नेपाल आइडलको नयाँ सिजन फागुन २५ गतेबाट प्रसारणमा आउने

    नेपाल आइडलको नयाँ सिजन फागुन २५ गतेबाट प्रसारणमा आउने

    काठमाडौँ– गायन रियालिटी शो नेपाल आइडलको पाँचौँ संस्करण मार्च ८ अर्थात् यही फागुन २५ गतेबाट प्रसारणमा आउने भएको छ। निर्माण संस्था एपीवान टेलिभिजनले बुधबार साँझ एक कार्यक्रमकाबिच प्रदर्शन मिति जानकारी दिएको हो।

    ‘जहाँ सङ्गीत जीवन्त हुन्छ’ भन्ने स्लोगन रहेको शो गायनमा नव प्रतिभा खोज्ने उद्देश्यले आयोजना हुँदै आएको हो। यो सिजनको अडिसन समेत सम्पन्न भैसकेको छ। देशभर भएका ओपन अडिसनदेखि जज राउन्ड अडिसन प्रसारण हुनेछ।

    जज राउन्डबाट छानिएका १ सय ५२ जनाले आगामी चरणका लागि प्रतिस्पर्धा गर्नेछन्। यसअघिका संस्करणमा ९० देखि १ सय २० जनासम्म प्रतिस्पर्धी जज राउन्डमा पुगेका थिए। नेपाल आइडलका चौथो संस्करणसम्म सफलतापूर्वक सम्पन्न गरिसकेको एवीवान टेलिभिजन पाँचौँ संस्करण अझ विशेष हुनेमा विश्वस्त छ।

    पाँचौँ संस्करणमा पहिलो, दोस्रो र तेस्रो संस्करणका निर्णायक न्ह्यु बज्राचार्य, कालीप्रसाद बाँस्कोटा र इन्दिरा जोशी नै रहेका छन्। प्रस्तोता आसिफ साह र रिमा विश्वकर्मा रहनेछन्।

    शोको पहिलो चरणको अडिसन झापाको विर्तामोड, महोत्तरीको बर्दिबास, मकवानपुरको हेटौंडा, कैलालीको अत्तरिया, सुर्खेतको वीरेन्द्रनगर, दाङको घोराही र कास्कीको पोखरापछि संघीय राजधानी काठमाडौँमा भएको थियो।

    कार्यक्रममा मेनुका पौडेलको विषयलाई लिएर प्रतिभा चिन्न नसकेको आरोपको विषयमा निर्णायकलाई प्रश्न गरिएको थियो। जसमा निर्णायकहरुले मेनुका पौडेललाई आफूहरूले गरेको प्रतिक्रिया दिए। उनी भोटिङका आधारमा टप ११ बाट बाहिरिएको जानकारी दिए।

    इन्डियन आइडलमा गएर चर्चा कमाएसँगै नेपाल आइडलका निर्णायकमाथि प्रतिभा चिन्न नसकेको भन्ने आरोप ठिक नभएको न्ह्यु बज्राचार्यले बताए।

    त्यस्तै, आइडलकी अर्की निर्णायक इन्दिरा जोशीले मेनुका जस्तै अन्य प्रतिस्पर्धीलाई भारतबाट अफर बारम्बार आउने गरेको बताइन्। उनले भनिन् ‘यसले नेपालमा प्रतिभा धेरै रहेको जानकारी मिल्छ।