१. शासनको अवधारणा स्पष्ट गर्दै यसका आधारभूत विषेशताहरु उल्लेख गर्नुहोस्। (६±+++४)Ö१०
शासनको अवधारणा
शासन नागरिकलाई सेवा प्रवाह र सुव्यवस्थाका लागि नियम बनाउने र कार्यान्वयन गर्ने प्रकृया हो । यो विकासका लागि आर्थिक तथा सामाजिक स्रोतको व्यवस्थापन गर्न शक्तिको प्रयोग गर्ने कार्य हो । यसका लागि राजनीतिक सत्ता, विधीको शासन र सरकारको कार्य सक्षमता आवश्यक पर्छ ।
शासनका भौगोलिक आधारमा राष्ट्रिय, उपराष्टिय र पराराष्टिय गरी तीन तह हुन्छन्। कार्यक्षेत्रगत आधारमा सार्वजनिक, निजी र गैरसरकारी गरी तीन क्षेत्र हुन्छन् । क्षेत्र र तहहरु कार्यगत रुपमा स्वतन्त्र भएता पनि आआप्mनो सफलता एवं असफलतामा अन्तरसम्बन्धित हुन्छन्। यिनीहरुका बीचको सहअस्तित्व, सहकारिता र साझेदारीमा मात्र शासनले सार्थकता पाउँछ।
शासनको मापन यसका संस्था तथा कार्यविधिका आधारमा मात्र नभई नतिजाका आधारमा गरिन्छ। जनसहभागिता तथा उत्तरदायित्व, राजनीतिक स्थायीत्व एवं हिंसारहितता, प्रभावारी सेवा प्रवाह र नियमन, विधिको शासन तथा भ्रष्टाचार नियन्त्रण र आर्थिक तथा सामाजिक स्तर जस्ता सूचकमा सकारात्मक उपलब्धीले शासनको राम्रो अवस्थालाई जनाउँछ।
करिब सात हजार वर्ष पहिले सामाजमा मानिस व्यवस्थित रुपमा बसोवास गर्न सुरु गरेसँगै अस्तित्वमा आएको शासनको अवधारणा प्रजातीय शासन, संस्थामा आधारित शासन, कल्याणकारी शासन हुँदै आज वहु–पात्र, वहु–तह र वहु–क्षेत्रबीचमा सञ्जालीकृत एक बृहत र जटिल प्रणालीका रुपमा विकास हुन पुगेको छ।
शासनका विशेषता
आजको आर्थिक उदारीकरण, अन्तरनिर्भरता तथा निजीकरणको अन्दर्भमा शासनलाई देहायका विशेषता सहितको सरकारभन्दा बृहत र अलग विषयका रुपमा लिइन्छः
सारमाः
शासनका अपेक्षित सबै गुणहरु हुँदाहुँदै पनि सरकाले राष्टिय एवं पराराष्टिय तहका निजी तथा गैर सरकारी क्षेत्रसँगको साझेदारीमा नागरकिका आकांक्षा पूरा हुने गरी काम गर्न सकेमा मात्र शासन सफल हुनसक्छ।
२. शासन सरकारभन्दा फरक र बृहत दृष्टिकोण हो । यस भनाईका सम्बन्धमा आफ्नो धारणा प्रस्तुत गर्नुहोस् । १०
शासन र सरकार
शासन लोकतान्त्रिक सरकारले सार्वजनिक निजी र गैर सरकारी क्षेत्रका संस्था तथा पात्रहरुसँगको सहकार्यमा मुलुकको विकास र सुव्यवस्थाका लागि आवश्यक नीति निर्माण र कार्यान्वयन गर्ने कार्य हो। सरकार शासनको प्रमुख पात्र र उपरी संरचना हो। शासन साध्य हो भने सरकार साधन।अतः शासन सरकारभन्दा फरक र बृहत दृष्टिकोण हो। यसलाई सरकार र शासन बीचको देहायको भिन्नताका आधारमा पुष्टि गर्न सकिन्छः
![]()
उल्लिखित भिन्नताले शासन समग्र अर्थतन्त्र र समाजलाई व्यवस्थित र गतिशिल तुल्याउन बहुल पात्रहरुबीचको सञ्चालीकृत, समन्वयात्मक एवं एकीकृत प्रयत्न हो भने सरकार यसका लागि त्यस्ता पात्रहरुबीच संयोजन, सहजीकरण र नियमन गर्ने संयन्त्र हो।
परम्परागत रुपमा नागरिकका भ्रुँणदेखि चिहानसम्मका सबै आवश्कयता राज्यले पुरा गर्नु पर्ने लोककल्याकारी सुसारे राज्यको अवधारणाले सरकारलाई नै शासनको रुपमा लिइन्थ्यो। सन् १९८० पछि आर्थिक उदारिकरण, लोकतन्त्रीकरण र मुलुकहरुबीचको अन्तरनिर्भतामा वृद्धिसँगै निजी क्षेत्र, नागरिक समाज, स्थानीय तह र अन्तरराष्ट्रिय संगठनहरुको भूमिका वृद्धि भयो र यिनीहरु शासनका हिस्सेदार बने।त्यसपछि शासन राज्य र नागरिक हितका लागि राष्ट्रिय, उपराष्ट्रिय र पराराष्ट्रिय तह तथा सार्वजनिक, निजी र गैरसरकारी क्षेत्रको अन्तरसम्बन्धित एवं अन्तरक्रियात्मक पहलकदमीको समष्टिका रुपमा विकास भयो।
निचोड;
अतः आज शासनलाई सरकारभन्दा माथि उठेर फरक क्षेत्र र पात्रहरुमा रहेको फरक सक्षमताको उपयोगमार्फत् महत्तम स्तरको विकास, सेवा प्रवाह र राष्ट्रिय हित संरक्षण गर्ने प्रणालीका रुपमा लिइन्छ।
३. व्यवसायिक शासनका सिद्धान्त र विशेषता उल्लेख गर्दै नेपालको आर्थिक विकासमा व्यावसायिक क्षेत्रको योगदानको समीक्षा गर्नुहोस् । १०
व्यवसायिक शासनका सिद्धान्त
व्यवसायिक संस्थाहरुको स्थापना, सञ्चालन र व्यवस्थापनमा प्रयोग हुने नियम, संरचना र प्रक्रियाको समष्टि व्यावसायिक शासन हो। यसका देहाय अनुसारका आधारभूत सिद्धान्तहरु हुन्छनः
व्यवसायिक शासनका विशेषता
व्यक्ति सामाज वातावरण र राष्ट्रको समेत हितलाई ध्यान दिई स्वच्छ र सदाचारयुक्त व्यवसाय सञ्चालनमा केन्द्रीत रहने व्यावसायिक शासनका देहायका विशेषता हुन्छनः
नेपालको आर्थिक विकासमा व्यवसायिक शासनको योगदान
व्यवसायिक शासनले समग्र शासकीय प्रणालीकै अभिन्न हिस्साका रुपमा मुलुकको आर्थिक विकासमा निम्नानुसारको योगदान पुर्याएको छः
यद्यपि;
निश्कर्ष
प्रभावकारी व्यवसायिक शासनले बजारको अनुशासन, कुशलता र उत्पादकत्व वृद्धि गरी विकासका लागि स्रोत अभाव तथा लगानी जोखिमको समाधान गर्छ। त्यसैले आर्थिक विकासका लागि सरकारले व्यवसायिक क्षेत्रसँग मजबुद सहकार्य गर्नुपर्छ।
५. पारदर्शिता शासकीय प्रबन्धको पहिलो पूर्वशर्त हो भन्ने भनाइलाई यी दुईबीचको समानता तथा अन्तरसम्बन्धको विश्लेषणका आधारमा आफ्नो धारणा प्रस्तुत गर्नुहोस। १०
पारदर्शिता र शासकीय प्रबन्ध
सरकारका कामकारवाहीलाई सबैले थाहा पाउने गरी खुला तुल्याउनु पारदर्शिता हो। विकास तथा सार्वजनिक सेवाको प्रबन्धका लागि आवश्यक नीति निर्माण र अनुपालना गर्ने गराउने कार्य शासकीय प्रबन्ध हो। पारदर्शिताले शासकीय गतिविधिमा नागरिक संलग्नता र निगरानी बढाउँदै यसको उत्तरदायित्त्व र कार्यकुशलता अभिवृद्धि गर्छ। अतः यी दुई विषय अन्तरसम्बन्धित हुन्छन्।यिनीहरु बीचको समानता र अन्तरसम्बन्धलाई यसप्रकार देखाउन सकिन्छः
दुईबीचको समानता
दुईबीचको अन्तरसम्बन्ध
फलतः यसबाट प्रभावकारी शासकीय प्रबन्ध वा सुशासन प्रवर्द्धन हुन्छ।
यसबाट समग्र सरकारी कार्यव्यवहारमा पारदर्शिता अभिवृद्धि हुन्छ। पारदर्शिता वेगरको प्रभावकारी शासकीय प्रबन्ध र सुशान वेगरको पारदर्शि कार्यशैली सम्भव छैन। यी दुई विषय एकअर्कामा अन्योन्याश्रित सम्बन्ध रहने विषय हुन्।
निचोड
पारदर्शि कार्यशैली प्रवर्द्धन गरेर मात्र शासकीय प्रबन्धलाई लोकतान्त्रिक र जनमुखी बनाउन सकिन्छ। यसका लागि सार्वजनिक संस्था र पदाधिकारीले मनोवृत्ति र कार्यजीवन दुबैमा खुलापन कायम गर्न सक्नु पर्छ।
५. स्थानीय शासनका लाभहरुको व्याख्या गर्नुहोस्। के नेपालले स्थानीय शासनका यस्ता लाभहरुको उपयोग गर्न सकेको ठान्नुहुन्छ? टिप्पणी गर्नुहोस्। ५+५ = १०
स्थानीय शासनका लाभ
जनताद्वारा निर्वाचबाट स्थापित स्थानीय शासकीय एकाइमार्फत् स्वायत्त ढङ्गले स्थानीय सेवा प्रवाह विकास र सुशासनको प्रबन्ध गर्ने व्यवस्था स्थानीय शासन हो।लोकतन्त्र र नागरिक सार्वभौमिकताको सुनिश्चित गर्दै जनअपनत्त्वसहितको प्रभावकारी शासकीय प्रबन्धका लागि स्थानीय शासनका देहायका लाभ हुन्छन्:
नेपालले यस्ता लाभ लिन सकेको छ त?
नेपालले स्थानीय शासनको लामो प्रयोग तथा खासगरी पछिल्ला २०४७ साल पछिको स्थानीय निकाय र हालको स्थानीय तहको अभ्यासबाट यसका उल्लिखित लाभहरु धेरै हदसम्म प्राप्त गरेको छ भन्ने कुरालाई देहायका उपलब्धिबाट पुष्टि गर्न सकिन्छः
तर, प्राप्त लाभ मात्र पर्याप्त भने होइनन्। स्थानीय तहको कम्जोर क्षमता, प्रर्याप्त स्रोत हस्तान्तरणको कमी, समयमै ऐन नियम नबन्नु, आवश्यक जनशक्तिको अभाव र कम्जोर वित्तीय अनुशासनले गर्दा स्थानीय शासनले अपेक्षित लाभ दिन सकिरहेका छैनन्।
अन्त्यमाः
स्थानीय शासनको सफलताका लागि स्थानीय स्तरमा सक्षम संस्था, सचेत र सक्रिय नागरिक, इमानदार जुझारु नेतृत्त्व र निजी तथा सामुदायिक क्षेत्रसँगको मजवुद साझेदारी जरुरी हुन्छ। नेपालले यीनै पक्षमा ध्यान दिनु पर्दछ।
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100