काठमाडौँ– तीन जना अधिकृत सचिवमा बढुवा भएका छन् । सरकारले नेपाल न्याय सेवा, न्याय समूहका राजपत्रांकित प्रथम श्रेणीका तीन अधिकृतलाई राजपत्रांकित विशिष्ट श्रेणीमा बढुवा गर्ने निर्णय गरेको हो।
आज (बुधबार) बसेको मन्त्रिपरिषद् बैठकले खगेन्द्र कट्टेल, रामप्रसाद भट्टराई र बाबुराम दाहाललाई राजपत्रांकित विशिष्ट श्रेणीमा बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।
मन्त्रिपरिषद्को निर्णयअनुसार उनीहरूलाई नेपाल न्याय सेवा, न्याय समूहअन्तर्गत राजपत्रांकित प्रथम श्रेणीबाट विशिष्ट श्रेणीमा बढुवा गरिएको हो।