अत्तरिया: कैलालीको गोदावरी नगरपालिका–२ स्थित दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालयमा ‘हरियाली दुर्गालक्ष्मी’ अभियानअन्तर्गत वृक्षरोपण कार्यक्रम आयोजना गरिएको छ।
विद्यालय परिसरलाई हरियाली, स्वच्छ र वातावरणमैत्री बनाउने उद्देश्यले शनिबार विद्यालयमा फलफूलका विभिन्न प्रजातिका बिरुवा रोपण गरिएको हो।
विद्यालय बिदाको समय सदुपयोग गर्दै आयोजना गरिएको कार्यक्रमको उद्घाटन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिदत्त भट्टराईले गरेका थिए।
कार्यक्रममा विद्यार्थी, शिक्षक तथा शिक्षिकाहरूको सहभागिता रहेको थियो। सहभागीहरूले विद्यालय परिसरमा विभिन्न प्रजातिका फलफूलका बिरुवा रोपण गरेका थिए।
विद्यालयको वातावरणलाई थप आकर्षक, हराभरा र स्वच्छ बनाउनुका साथै विद्यार्थीमा वातावरण संरक्षणसम्बन्धी चेतना अभिवृद्धि गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भट्टराईले बताए।