परिणाममुखी कार्ययोजना निर्माण र प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्छ: मुख्यमन्त्री भट्ट - Chaitanya News
  • 2026-10-31
  • 18:54:59
  • शनिबार,कार्तिक १५, २०८३
  • परिणाममुखी कार्ययोजना निर्माण र प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्छ: मुख्यमन्त्री भट्ट

    परिणाममुखी कार्ययोजना निर्माण र प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्छ: मुख्यमन्त्री भट्ट

    धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेशको समग्र विकास र समृद्धिका लागि गहन छलफलमार्फत परिणाममुखी कार्ययोजना निर्माण गरी त्यसको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने बताएका छन्।

    ११औँ अनुसन्धान तथा प्रशिक्षण परिषद्को बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री भट्टले नवीनतम सोच, नवप्रवर्तन र रूपान्तरणकारी योजनामार्फत सुदूरपश्चिम प्रदेशलाई समृद्ध बनाउन सकिने बताएका हुन्।

    उनले राज्य सञ्चालन तथा विकासको विद्यमान कार्यसंस्कृतिमा परिवर्तन गर्न आवश्यक रहेको उल्लेख गर्दै अनुसन्धानलाई तथ्यमा आधारित, परिणाममुखी र उपलब्धिमूलक बनाउनुपर्नेमा जोड दिए।

    प्रदेशको समग्र विकासका लागि योजना निर्माण गरेर मात्रै नपुग्ने भन्दै उनले त्यसको प्रभावकारी कार्यान्वयन र प्राप्त उपलब्धिको मूल्याङ्कनलाई समेत प्राथमिकता दिनुपर्ने बताए।

    मुख्यमन्त्री भट्टले नवीन सोच र अनुसन्धानमा आधारित योजनाले विकासका प्राथमिकता पहिचान गर्न तथा उपलब्ध स्रोतसाधनको प्रभावकारी उपयोग गर्न महत्त्वपूर्ण भूमिका खेल्ने धारणा राखे।

    उनले सुदूरपश्चिम प्रदेशको समृद्धि र रूपान्तरणका लागि अनुसन्धान, प्रशिक्षण र योजनाको कार्यान्वयनलाई एकीकृत रूपमा अघि बढाउनुपर्नेमा जोड दिए।