चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 447 of 1153
  • 2026-11-23
  • 05:20:20
  • आइतबार,मंसिर ०७, २०८३

About Author

स्वास्थ्य बीमा दाबी प्रक्रियामा पुनरावलोकन संयन्त्र अनिवार्य

काठमाडौँ– स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत सेवा प्रदायक स्वास्थ्य संस्थाबाट पेश हुने दाबीहरू अब प्रारम्भिक रूपमा दाबी पुनरावलोकन संयन्त्रमार्फत जाँच गरी मात्र अगाडि बढाउनुपर्ने भएको छ। स्वास्थ्य बीमा बोर्डले यससम्बन्धी व्यवस्था कार्यान्वयन गर्न सबै सम्बन्धित स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ। बोर्डका तर्फबाट वरिष्ठ व्यवस्थापक डा.पवनकुमार साहद्वारा जारी पत्रमार्फत दाबी पेश गर्दा रियल टाइम प्रणाली प्रयोग गरी आवश्यक विवरण अनिवार्य रूपमा प्रविष्ट गर्नुपर्ने स्पष्ट गरिएको छ। बोर्डले लागू गरेको ‘स्वास्थ्य बीमामा रियल टाइम दाबीसम्बन्धी कार्यविधि, २०८०’ अनुसार दाबी दर्ता तथा मूल्यांकन प्रक्रियालाई व्यवस्थित बनाउने लक्ष्य लिइएको जनाइएको छ। दाबी स्वीकृतिको दर सुधार गर्न र प्रक्रियागत त्रुटि न्यूनिकरण गर्न सेवा प्रदायक स्वास्थ्य संस्थाभित्रै सम्बन्धित प्रतिनिधि समावेश रहने गरी दाबी पुनरावलोकन समिति गठन गर्न बोर्डले व्यवस्था गरेको छ। उक्त समितिले दाबीको प्रारम्भिक जाँच, पुनरावलोकन र रुजु गरेपछि मात्र बोर्डले तोकेको मापदण्डअनुसार आवश्यक कागजातसहित प्रणालीमा प्रविष्ट गर्नुपर्ने व्यवस्था गरिएको हो। निर्धारित प्रक्रिया र मापदण्ड पालना नगरी पेश गरिएका दाबीहरूको भुक्तानी गर्न बोर्ड बाध्य नहुने कुरा समेत पत्रमार्फत स्पष्ट पारिएको छ । बोर्डका अनुसार यस व्यवस्थाबाट दाबी प्रक्रिया पारदर्शी, प्रभावकारी र उत्तरदायी बन्ने अपेक्षा गरिएको छ।

News by स्वास्थ्य बीमा दाबी प्रक्रियामा पुनरावलोकन संयन्त्र अनिवार्य :