सुनको भाउमा भाउले नयाँ कीर्तिमान कायम, तोलाको ३ लाख ९ हजार - Chaitanya News
  • 2026-05-01
  • 06:56:52
  • शुक्रबार,बैशाख १८, २०८३
  • सुनको भाउमा भाउले नयाँ कीर्तिमान कायम, तोलाको ३ लाख ९ हजार

    सुनको भाउमा भाउले नयाँ कीर्तिमान कायम, तोलाको ३ लाख ९ हजार

    काठमाडौं– आज (सोमबार) नेपाली बजारमा सुनको भाउले नयाँ कीर्तिमान कायम गरेको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुनको भाउ तोलामा ५ हजार २ सय रुपैयाँले बढेर ३ लाख ९ हजार रुपैयाँ कायम भएको हो। यो हालसम्मकै सर्वाधिक भाउ हो।

    हिजो आइतबार सुनको भाउ तोलाको ३ लाख ३ हजार ८ सय रुपैयाँ थियो। शुक्रबारको तुलनामा आइतबार सुनको भाउ २ हजार ४ सय रुपैयाँले बढेको थियो ।

    गत शुक्रबार सुनको भाउ तोलाको ३ लाख १ हजार ४ सय रुपैयाँ पुगेको थियो। त्यसको अघिल्लो दिन बिहीबार तोलाको २ लाख ९२ हजार २ सय रुपैयाँ थियो। शुक्रबार एकैदिन तोलामा ९ हजार २ सय बढेको थियो।

    त्यसैगरी चाँदीको भाउ पनि आज बढेको छ। आज चाँदी तोलाको ६ हजार ७ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ। हिजो आइतबार चाँदी प्रतितोला ६ हजार ४ सय ८० रुपैयाँमा कायम थियो।