आईसीसी महिला टी–२० विश्‍वकप: स्कटल्यान्डले नेपाललाई दियो १४१ रनको लक्ष्य - Chaitanya News
  • 2026-04-26
  • 19:26:23
  • आइतबार,बैशाख १३, २०८३
  • आईसीसी महिला टी–२० विश्‍वकप: स्कटल्यान्डले नेपाललाई दियो १४१ रनको लक्ष्य

    आईसीसी महिला टी–२० विश्‍वकप: स्कटल्यान्डले नेपाललाई दियो १४१ रनको लक्ष्य

    काठमाडौं– आईसीसी महिला टी–२० विश्‍वकप ग्लोबल छनोटअन्तर्गत समूह चरणको अन्तिम खेल जित्‍न नेपालले बलियो लक्ष्य पाएको छ।

    टस हारेर पहिले ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले २० ओभरमा अलआउट हुँदै १४० रन बनाएर नेपाललाई १४१ रनको लक्ष्य प्रस्तुत गरेको हो।

    नेपालले बलिङमा शानदार सुरुवात गरेको भएपनि फिनिसिङमा राम्रो हुन सकेन। पावरप्लेमै ३ विकेट लिएको नेपालले स्कटल्यान्डलाई ७९–६ को अवस्थामा पुर्‍याएको भएपनि स्कटल्यान्डले ब्याटिङमा पुनरागमन गर्‍यो।

    स्कटल्यान्डका लागि प्रियानाज चटर्जीले सर्वाधिक अविजित ४५ रन बनाइन्। अलिसा लिस्टरले २२ रन बनाइन्। सराह ब्राइसले १८ तथा मेगान मेकलले १७ रन बनाइन्।

    नेपालका लागि मनीषा उपाध्यायले ४ ओभरमा १५ रन दिएर ४ विकेट लिइन्। रुबिना क्षेत्रीले ४ ओभरमा २३ रन दिएर ३ विकेट लिइन्। सीता राना मगर, रिया शर्मा र कविता जोशीले १–१ विकेट लिए।

    नेपालले सुपर सिक्स सम्भावना कायमै राख्‍न आजको खेल जित्‍नैपर्ने दबाब छ।