आईसीसी महिला टी–२० विश्‍वकप: स्कटल्यान्डविरुद्ध टस जितेर बलिङ गर्दै नेपाल - Chaitanya News
  • 2026-05-03
  • 05:18:24
  • शनिबार,बैशाख १९, २०८३
  • आईसीसी महिला टी–२० विश्‍वकप: स्कटल्यान्डविरुद्ध टस जितेर बलिङ गर्दै नेपाल

    आईसीसी महिला टी–२० विश्‍वकप: स्कटल्यान्डविरुद्ध टस जितेर बलिङ गर्दै नेपाल

    काठमाडौं– आईसीसी महिला टी–२० विश्‍वकप ग्लोबल छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले स्कटल्यान्डविरुद्ध टस जितेको छ।

    कप्तान इन्दु बर्माले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेकी हुन्। नेपालले एक परिवर्तन गरेको छ।

    पेस बलर सुमन विष्‍टको स्थानमा स्पिनर मनिषा उपाध्याय आएकी छन्।

    नेपालले सुपर सिक्स सम्भावना कायमै राख्‍न आजको खेल जित्‍नैपर्ने दबाब छ।

    नेपालको प्लेइङ ११ः इन्दु बर्मा, पूजा महतो, सम्झना खड्का, बिन्दु रावल, रुबिना क्षेत्री, कविता कुँवर, रिया शर्मा, मनिषा उपाध्याय, सीता राना मगर, रोमा थापा, कविता जोशी