काठमाडौँ– नेपाल आईसीसी महिला टी– २० विश्वकप ग्लोबल छनोटको समूह चरणबाटै बाहिरिएको छ।
टीयू क्रिकेट मैदानमा आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल स्कटल्याण्डसँग पराजित भएसँगै समूह चरणबाट बाहिरिएको छ।
नेपालका लागि बिन्दु रावलले १४ रन जोडिन्। रोमा थापा १४ रनमा नटआउट रहिन्। नेपालका अरु ब्याटरले उल्लेख्य रन बनाउन सकेनन्। बलिङमा स्कटल्यान्डका अब्ताहा मक्सुदले ३ विकेट लिइन्।
सुपर(६ मा पुग्न जित्नै पर्ने नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको स्कटल्यान्ड २० ओभरमा १४० रनमा अलआउट भयो।
स्कटल्यान्डका लागि प्रियानाज चटर्जीले नटआउट ४५ रन बनाइन्। उनले २८ बलमा ७ चौका प्रहार गरिन्।
अलिसा लिस्टरले २२ रन बनाइन भने विकेटकिपर साराह बाइसले १८ रन बनाए। बलिङमा नेपालकी मनिषा उपाध्यायले ४ विकेट लिइन् भने रुबिना क्षेत्रीको नाममा ३ विकेट रह्यो।
समूह चरणमा नेपालले एक खेलमा मात्रै जित निकाल्न सक्यो।
नेपालमा रहेको समूहबाट नेदरल्याण्ड्स, स्कटल्याण्ड र थाइल्याण्ड सुपर सिक्समा प्रवेश गरेका छन्। नेपाल र जिम्बाब्बे चौथो र पाँचौं नम्बरमा रहँदै प्रतियोगिताबाट बाहिरिएका हुन्।