चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1081 of 1099
  • 2026-10-03
  • 09:42:16
  • शनिबार,आश्विन १७, २०८३

About Author

राष्ट्रिय फोटो पत्रकार समूह एनएफपीजेले १७ विधामा फोटोपत्रकारिता अवार्ड दिँदै

काठमाडौं– राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे(ले असोज ६ गते १७ विधामा फोटो प्रतियोगिता अवार्ड गर्ने भएको छ। १८३औं अन्तर्राष्ट्रिय फोटोग्राफी दिवसको अवसरमा समूहले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा समूहले आफ्नो स्थापनाको २५ वर्ष पूरा भएको अवसरमा विभिन्न कार्यक्रम आयोजना गर्ने भएको हो। २५औं वार्षिकोत्सवका क्रममा समूहले असोज ६ गते काठमाडौंमा विशेष समारोह गरेर प्रतियोगीताका प्रतिस्पर्धीलाई पुरस्कृत गर्न लागेको समूहका अध्यक्ष प्रदीपराज वन्तले जानकारी दिए। १८३औं विश्व फोटा दिवसको अवसरमा समूह महासचिव नवराज श्रेष्ठका अनुसार नयाँ तथा पुराना फोटोपत्रकारलाई १६ विधामा अवार्ड प्रदान गर्ने जानकारी दिए। २५ औं वर्षको विशेष समारोहमा सस्थापक सदस्य लगायत नेपालका अग्रज फोटो पत्रकारहरुलाई पनि सम्मान गर्ने कार्यक्रम रहेको श्रेष्ठले बताए। अवार्डको नाम ‘राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२२’ राखिएको शुक्रवार काठमाडौं आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। समूहले लाइफ टाइम एचिभमेन्ट अवार्डका लागि ५० हजार रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ। दैनिक गतिविधिका फोटो खिच्ने पत्रकारका लागि दैनिक जीवन फोटोपत्रकारिता विधा अवार्ड, महिला फोटोपत्रकारिता अवार्डको पनि घोषणा गरिएको छ। अवार्ड सम्मानका अन्य विधाहरुमा, पर्यटन, संस्कृति फोटोपत्रकारिता अवार्ड, आर्थिक फोटोपत्रकारिता अवार्ड, राजनीतिक फोटोपत्रकारिता अवार्ड, मनोरञ्जन फोटो पत्रकारिता अवार्ड, स्वतन्त्र फोटो पत्रकारिता अवार्ड रहेका छन्। सातवटै प्रदेशबाट एक÷एकजना उत्कृष्ट फोटो पत्रकारलाई अवार्ड तथा सम्मान गर्ने कार्यक्रम रहेको समूहले जनाएको छ। राष्ट्रिय फोटोपत्रकार समूहका पूर्व अध्यक्षलगायत सल्लाहाकार र कार्यक्रम संयोजकसहित बढीमा ५ जनाको छनोट समितिले पुरस्कारबारे अन्तिम निर्णय लिनेछ।

News by राष्ट्रिय फोटो पत्रकार समूह एनएफपीजेले १७ विधामा फोटोपत्रकारिता अवार्ड दिँदै :