युक्रेनविरुध्द तत्काल ठूलो आक्रमण नहुने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको भनाइ - Chaitanya News
  • 2026-04-25
  • 03:30:53
  • शुक्रबार,बैशाख ११, २०८३
  • युक्रेनविरुध्द तत्काल ठूलो आक्रमण नहुने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको भनाइ

    युक्रेनविरुध्द तत्काल ठूलो आक्रमण नहुने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको भनाइ

    काठमाडौं– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनविरुध्द ‘तत्कालका लागि’ थप ‘ठूलो’ आक्रमणको योजना र आवश्यकता दुबै नरहेको बताएका छन्। उनले कजाकस्तानमा आयोजित पूर्व सोभियत राष्ट्रहरूको शिखर सम्मेलनमा बोल्दै क्रेमलिनको उद्देश्य पश्चिमा समर्थित देशलाई ‘नष्ट’ गर्नु नभएको प्रष्ट पारेका छन्।

    उनले भने, ‘आज जे भइरहेको छ, त्यो सुखद अवस्था छैन। रूसले फेब्रुअरीमा आक्रमण नगरेको भए हामी पनि त्यस्तै अवस्थामा हुने थियौं। केवल हाम्रो लागि पनि स्थिति खराब हुने थियो।’

    सो अवसरमा पुटिनले तीन लाख सुरक्षाकर्मी परिचालन गर्ने लक्ष्य राखिएकोमा दुई लाख २२ हजार जनशक्ति परिचालन गरिएको जानकारी दिएको एएफपीले जनाएको छ।