काठमाडौं– आज बिहान सबेरै बालुवाटारमा सुख्खा पहिरो गएको छ। पहिरो काठमाडौंको बालुवाटारमा नभई बझाङको बालुवाटारमा गएको हो।
सडक माथिबाट खसेको सुख्खा पहिरोले जयपृथ्वी राजमार्ग सबेरैदेखि अवरुद्ध भएको बताइएको छ। जयपृथ्वी राजमार्गको छबिसपाथिभेरा गाउँपालिका–१ बालुवाटारनजिकै सुख्खा पहिरो खसेको छ।
पहिरोका कारण बिहानैदेखि सदरमुकाम चैनपुरबाट छुटेका सवारी साधन रोकिएका छन् । अवरुद्ध सडक खुलाउन पहल भइरहेको प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बताए।