चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 444 of 1153
  • 2026-11-23
  • 09:45:08
  • सोमबार,मंसिर ०८, २०८३

About Author

‘म पब्लिक डिबेटका लागि तयार छु’: ‘प्रचण्ड’

काठमाडौँ– पूर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू ‘पब्लिक डिबेट’का लागि सधैँ तयार रहेको बताएका छन्। आज(बुधबार) पत्रकारहरूसँग कुरा गर्दै आफू जोसँग पनि पब्लिक डिबेटका लागि तयार रहेको बताए। उनले भने, ‘म त पब्लिक डिबेटका लागि तयार नै छु। मैले त पब्लिक डिबेट गर्दै आइरहेको छु। भदौ २७ गते अन्तरिम सरकार बन्यो। त्यसपछि यही ठाउँमा पहिलो सार्वजनिक रूपले म प्रस्तुत भएँ, पहिलो बहस मैले थाले, देशव्यापी हिँड् पनि हामी नै थालेका हौँ।’ भावी प्रधानमन्त्रीबीच ‘पब्लिक डिबेट’ गराउनुपर्ने बहस चलिरहेको छ। एमालेले अध्यक्ष केपी ओली, काँग्रेसले सभापति गगन थापा र रास्वपाले वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको छ। नेकपाले भावी प्रधानमन्त्री नतोकेपनि ‘प्रचण्ड’ले पब्लिक डिबेट’का लागि आफू तयार रहेको बताएका हुन्। एमाले अध्यक्ष ओली, काँग्रेस सभापति थापा पनि तयार नै देखिए पनि बालेनले अस्वीकार गर्दै आइरहेका छन्। उनले देश अझै संकटमुक्त नभएको भन्दै निर्वाचनलाई धाँधलीरहित बनाउन लाग्नुपर्ने बताए। उनले देश कसैको स्टन्टबाजीमा नचल्ने बताएका छन्।

News by ‘म पब्लिक डिबेटका लागि तयार छु’: ‘प्रचण्ड’ :