राष्ट्रिय सभामा विकास–आर्थिक मामिला तथा सुशासन समितिको वार्षिक प्रतिवेदन पेस - Chaitanya News
  • 2026-05-03
  • 03:06:38
  • शनिबार,बैशाख १९, २०८३
  • राष्ट्रिय सभामा विकास–आर्थिक मामिला तथा सुशासन समितिको वार्षिक प्रतिवेदन पेस

    राष्ट्रिय सभामा विकास–आर्थिक मामिला तथा सुशासन समितिको वार्षिक प्रतिवेदन पेस

    काठमाडौँ– आज (बुधबार) सम्पन्न भएको राष्ट्रिय सभा बैठकमा राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिले आर्थिक वर्ष २०८१–८२ का लागि तयार गरेको वार्षिक प्रतिवेदन औपचारिक रूपमा पेस गरिएको छ।

    समितिकी सभापति कमला पन्तले प्रतिवेदन प्रस्तुत गर्दै संसदीय निगरानी र उत्तरदायित्व अभिवृद्धि गर्ने उद्देश्यले यसलाई सभासमक्ष ल्याइएको जानकारी गराइन्। उनका अनुसार प्रतिवेदनमार्फत सरकारका कार्यसम्पादनलाई थप जिम्मेवार र उत्तरदायी बनाउन आवश्यक सुझावहरू समेटिएका छन्।

    प्रतिवेदनमा नेपाललाई अतिकम विकसित राष्ट्रको श्रेणीबाट विकासशील राष्ट्रतर्फ उकास्ने प्रक्रियालाई प्रभावकारी बनाउनुपर्ने, साथै जलवायु परिवर्तनका कारण देखिएका चुनौतीहरूलाई न्यूनीकरण गर्न स्पष्ट र व्यवहारिक नीति तथा कार्यक्रम अवलम्बन गर्न सरकारको ध्यानाकर्षण गराइएको छ।

    समितिले विकास, आर्थिक व्यवस्थापन र सुशासनका क्षेत्रमा सुधार आवश्यक ठानिएका विषयहरू पनि समग्र रूपमा प्रतिवेदनमा समावेश गरेको छ।