‘मधेश काँग्रेसको जन्मभूमि हो’: गगन थापाले - Chaitanya News
  • 2026-06-21
  • 21:14:20
  • आइतबार,आषाढ ०७, २०८३
  • ‘मधेश काँग्रेसको जन्मभूमि हो’: गगन थापाले

    ‘मधेश काँग्रेसको जन्मभूमि हो’: गगन थापाले

    काठमाडौँ– नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले मधेश नेपाली काँग्रेसको जन्मभूमि भएको बताएका छन्। आज (बुधबार) सर्लाही–४ मा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले मधेश नेपाली काँग्रेसको जन्मभूमि भएको बताएका हुन्।

    ‘मधेश काँग्रेसको जन्मभूमि हो’, सभापति थापाले भने, ‘काँग्रेसलाई बनाएको, काँग्रेसलाई हुर्काएको र काँग्रेसलाई बलियो बनाएको यही धर्तीले हो।’

    उनले विगतमा भएका कमजोरी गल्ती सुधार गर्ने संकल्पसहित मधेश आएको बताए। उनले भने, ‘विगतमा हामीले थुप्रै गल्ती र कमजोरी गर्‍यौँ। ती गल्ती सुधार गर्ने संकल्पसहित हामी मधेश आएका हौँ।’

    अरूले के गरे भन्नु भन्दा काँग्रेसले मधेशलाई आमा मानेर सेवा गर्नुपर्नेमा जोड दिए।

    सभापति थापाले काँग्रेसले सभापतिलाई मधेशमा उम्मेदवार बनाएर आएकाले सर्लाहीका चार क्षेत्रसँगै मधेशका ३२ क्षेत्रबाट काँग्रेसका उम्मेदवारले मधेशबाट साथ र सहयोगको अपेक्षा गरेको बताएका छन्।