६१ वटा जिल्लामा निर्वाचन प्रहरी छानिए - Chaitanya News
  • 2026-05-03
  • 03:07:24
  • शनिबार,बैशाख १९, २०८३
  • ६१ वटा जिल्लामा निर्वाचन प्रहरी छानिए

    ६१ वटा जिल्लामा निर्वाचन प्रहरी छानिए

    काठमाडौँ– फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन प्रहरीमा भर्ना हुन २ लाख ११ हजार ७२७ जनाले आवेदन दिएका छन्। ति मध्धे सुरक्षामा परिचालन गर्न ६१ वटा जिल्लामा निर्वाचन प्रहरी छनोट भएका छन् ।यसपटक आवेदकहरू मध्ये ६१ जिल्लामा नतिजा सार्वजनिक गरिएको प्रहरी प्रवक्ता (डीआईजी) अबि नारायण काफ्लेले बताए ।

    निर्वाचन प्रहरी चाहिए भन्दा थोरै दरखास्त परेका १६ जिल्लामा नतिजा प्रकाशनको तयारी भइरहेको छ। अपुग भएका जिल्लामा पुनः दरखास्त आह्वान गरिएको र ती जिल्लामा बुधवार लिखित र मौखिक परीक्षाको नतिजा प्रकाशन गरिने डीआईजी काफ्लेले बताए।

    निर्वाचन प्रहरीलाई माघ १५ बाट तालिम गराइने छ। १० दिने तालिम दिएर उनीहरूलाई माघ २५ देखी फिल्डमा परिचालन गरिने छ।

    सशस्त्र प्रहरीले भर्ना गर्न लागेको निर्वाचन प्रहरीको पनि छनोट चलिरहेको छ। जिल्ला सुरक्षा समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी नेतृत्वको समितिले सशस्त्र प्रहरीले भर्ना गर्न लागेको निर्वाचन प्रहरीको छनोट गरिरहेको छ। सशस्त्र प्रहरीले पहिलोपटक १५ हजार ११० जना निर्वाचन प्रहरी भर्ना गर्दैछ। प्रारम्भिक छनोट सकिएपछि उनीहरूलाई सशस्त्र प्रहरीले नै तालिम गराउने बताइएको छ।

    यसपटकको निर्वाचनमा प्रहरीले १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी गर्दैछ। त्यसका लागि अर्थ मन्त्रालयले प्रहरीलाई ७ अर्ब १३ करोड रुपैयाँ बजेटको स्रोत सुनिश्चित गरेको छ।

    प्रहरी प्रधान कार्यालयले निर्वाचन प्रहरीमा भर्ना हुन आवेदन दिनेहरूको सिआरएस ९क्रिमिनल रेकर्ड सिस्टम० जाँच गरेको छ। सिआरएस चेक गर्दा अपराधमा संलग्न भएको वा फरार आरोपीबारे थाहा हुन्छ।