चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 278 of 1153
  • 2026-11-22
  • 16:01:43
  • आइतबार,मंसिर ०७, २०८३

About Author

पछिल्लो २४ घण्टामा २ हजार ४ सय ५३ जना ट्राफिक कारबाहीमा, ११ लाख ५१ हजार राजस्व संकलन

काठमाडौँ– ट्राफिक प्रहरीले पछिल्लो चौबीस घण्टाको अवधिमा काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरूमा सञ्चालन गरेको चेकिङका क्रममा दुई हजार ४ सय ५३ जना सवारी चालकलाई कारबाही गरेको छ। उक्त कारबाहीबाट रु ११ लाख ५१ हजार राजस्व संकलन गरिएको छ। आज बिहानसम्म सञ्चालन गरिएको चेकिङका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारीसाधन चलाउने १०५, राइड सेयरिङमा २३८, रातो बत्तीमा १८४, तीव्र गतिमा १८६, लेन क्रसमा १४, सडक फुटपाथमा १००, हर्न निषेधमा ११९, एकतर्फीमा १३९, अन्यमा एक हजार ३६८ गरी कूल दुई हजार ४५३ जना चालकलाई कारबाही गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए। उनले भने, “उपत्यकामा चौबिस घण्टाको अवधिमा काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने दुई हजार ४५३ जना चालकहरूलाई कारबाही गरिएको छ। उक्त कारबाहीबाट जम्मा रकम रु.११ लाख ५१ हजार राजस्व दाखिला भएको छ।” मादक पदार्थ सेवन गरी सवारी चलाउनु कानुन विपरीत तथा दण्डनीय कार्य भएको र चालकले मादक पदार्थ वा लागूपदार्थ सेवन गरेको शंक लागेमा यात्रुले तत्काल नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ र प्रहरीको हटलाइन नम्बर १०० मा खबर गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ।

News by पछिल्लो २४ घण्टामा २ हजार ४ सय ५३ जना ट्राफिक कारबाहीमा, ११ लाख ५१ हजार राजस्व संकलन :