काठमाडौँ– आज (सोमबार) संघीय संसद् प्रतिनिधिसभाअन्तर्गत दुई वटा संसदीय समितिको बैठक बस्दैछन् ।
जसअनुसार बिहान ११ बजे सार्वजनिक लेखा समितिको बैठक बस्ने तय भएको छ। बैठकमा बेरुजुको आयतन उच्च भएका मन्त्रालयका लेखा उत्तरदायी अधिकृतहरूसँग बेरुजु न्यूनीकरण सम्बन्धी विषयमा छलफल गर्ने कार्यसूची रहेको छ।
यस्तै, कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यक्षेत्र, चालु आर्थिक वर्षको प्रगति समीक्षा र आगामी कार्य योजना सम्बन्धमा छलफल हुने कार्यसूची छ। बैठकमा होल्डिङ सेन्टरमा समितिद्वारा गरिएको स्थलगत अवलोकन प्रतिवेदनमाथि पनि छलफल गर्ने कार्यसूची तय भएको छ। बैठक मध्याह्न साढे १२ बजे बस्दैछ ।