चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 236 of 1152
  • 2026-11-22
  • 12:07:45
  • आइतबार,मंसिर ०७, २०८३

About Author

परराष्ट्र मन्त्री चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका

काठमाडौँ– परराष्ट्र मन्त्री शिशिर खनाल चिनियाँ विदेश मन्त्री वाङ यीको निमन्त्रणामा चीनको चार दिवसीय भ्रमणमा आज बेइजिङतर्फ प्रस्थान गर्ने भएको छन। चीनमा रहँदा मन्त्री खनालले आफ्ना समकक्षी वाङसँग नेपाल–चीन सम्बन्ध अझ सुदृढ बनाउने तथा आपसी सहकार्यलाई अझ सबल बनाउने सम्बन्धमा द्विपक्षीय वार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । साथै उनले चीनका उच्च अधिकारीहरूसँग पनि बेग्लाबेग्लै भेटवार्ता गर्ने छन्। मुलुकमा वैदेशिक लगानी भित्र्याउने उद्देश्यले बेइजिङस्थित नेपाली दूतावासद्वारा आयोजना हुने लगानी सम्मेलनमा मन्त्री खनाल सहभागी हुनाका साथै चिनियाँ उद्यमी व्यवसायीसँग पनि उनले छलफल गर्ने कार्यक्रम छ। परराष्ट्र मन्त्री खनालको सम्मानमा उक्त दूतावासले एक स्वागत समारोह आयोजना गर्नेछ । समारोहमा उनले नेपाली समुदायसँग अन्तरक्रिया गर्ने छन् । मन्त्री खनाल आगामी असार ३ गते स्वदेश फर्किने कार्यक्रम छ ।

News by परराष्ट्र मन्त्री चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका :