रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित - Chaitanya News
  • 2026-08-01
  • 17:29:40
  • शनिबार,साउन १६, २०८३
  • रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

    रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

    काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीको बागमती प्रदेशको सभापतिमा उत्सव अर्याल विजयी भएका छन्।

    यसअघि सभापति रहेका डा। अच्युत लामिछानेसहित तीन जना उम्मेदवारलाई पराजित गर्दै अर्याल निर्वाचित भएका हुन्। निर्वाचनको अन्तिम मतपरिणाम अनुसार अर्यालले ४१६ मत प्राप्त गरी विजयी हासिल गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी डा। लामिछानेले ४१४ मत प्राप्त गरे।

    प्रदेश नेतृत्वका लागि सुरुमा ५ जनाको उम्मेदवारी परेको थियो। तर, सांसद बदन भण्डारीले उम्मेदवारी फिर्ता लिएपछि ४ जना चुनावी मैदानमा उत्रिएका थिए।

    सभापतिका लागि सांसद एवम् निवर्तमान सभापति डा.अच्युतम लामिछाने ९नुवाकोट०, निवर्तमान प्रवक्ता उत्सव अर्याल (मकवानपुर), कृष्णमान श्रेष्ठ (धादिङ)र हरि बहादुर खत्री (रामेछाप) बिच प्रतिस्पर्धा भएको थियो।