चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1007 of 1152
  • 2026-11-22
  • 08:38:37
  • आइतबार,मंसिर ०७, २०८३

About Author

शरद भेषवाकर र आरिफ शेखले भने– सन्दीपले न्याय पाउनुपर्छ

काठमाडौं -  नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्यद्वय शरद भेषवाकर र आरिफ शेखले पूर्वकप्तान सन्दीप लामिछानेलाई न्याय हुनुपर्ने बताएका छन् । उनीहरूले सामाजिक सञ्जालमार्फत सन्दीपलाई न्याय मिल्नुपर्ने बताएका हुन् । शरद र आरिफले ‘जस्टिस फर सन्दीप लामिछाने’ भन्दै फेसबुकमा लेखका छन् । ‘न्याय भनेको हरेक मानिसलाई उसको हक बाँड्ने निरन्तर र स्थायी इच्छा हो । मृतकहरूले न्यायको लागि कराउन सक्दैनन् । तिनीहरूका लागि त्यसो गर्नु जीवितहरूको कर्तव्य हो । उहाँलाई जतिसक्दो चाँडो न्याय होस् । र, देशभक्त व्यक्तिले फेरि हाम्रो राष्ट्रलाई गौरवान्वित गर्न सुरु गरुन् भन्ने कामना गर्दछु,’ आरिफले फेसबुकमा लेखेका छन् । नाबालिकालाई बलात्कारको आरोप लागेपछि सन्दीपले अहिले जेल सजाय भोगिरहेका छन् । गत १८ कात्तिकमा पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेश बदर गर्न माग गर्दै उनले उच्च अदालत पाटनमा पुनरावेदन दिएका छन् । १४ पुसमा उक्त पेसी तोकिएकोमा हेर्न नभ्याइनेमा परेको थियो ।

News by शरद भेषवाकर र आरिफ शेखले भने– सन्दीपले न्याय पाउनुपर्छ :