दिनानुदिन उकालो यात्रामा सुन , कति छ आज ? - Chaitanya News
  • 2026-04-26
  • 21:40:00
  • आइतबार,बैशाख १३, २०८३
  • दिनानुदिन उकालो यात्रामा सुन , कति छ आज ?

    दिनानुदिन उकालो यात्रामा सुन , कति छ आज ?

    काठमाडौं-  सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख दुई हजार नौ सय रुपैयाँ तोकिएको छ। अघिल्लो दिन प्रतितोला एक लाख दुई हजार छ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला तीन सयले बढेको हो।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख दुई हजार चार सय रुपैयाँ छ। यसको मूल्य अघिल्लो दिन एक लाख दुई हजार एक सय रुपैयाँ थियो।

    त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा १० रुपैयाँले घटेर प्रतितोला एक हजार चार सय रुपैयाँमा आएको महासंघले जनाएको छ।

    महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ।