अर्थतन्त्रको अवस्थाबारे प्रधानन्त्रीले गरे अर्थमन्त्री र गभर्नरसँग छलफल - Chaitanya News
  • 2026-04-26
  • 21:40:01
  • आइतबार,बैशाख १३, २०८३
  • अर्थतन्त्रको अवस्थाबारे प्रधानन्त्रीले गरे अर्थमन्त्री र गभर्नरसँग छलफल

    अर्थतन्त्रको अवस्थाबारे प्रधानन्त्रीले गरे अर्थमन्त्री र गभर्नरसँग छलफल

    काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले’ ले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीसँग देशको अर्थतन्त्रको अवस्थाबारे छलफल गरेका छन् ।

    आज (बुधबार) बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्डले अर्थमन्त्री पौडेल र गभर्नर अधिकारीसँग छलफल गरी अर्थतन्त्रको पछिल्लो अवस्थाबारे ‘ब्रिफिङ’ लिएका हुन् । देशको वर्तमान अर्थतन्त्रको अवस्था, बैंकिङ क्षेत्रमा देखिएका समस्या र तत्काल सुधार गर्नुपर्ने विषयका बारेमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    प्रधानमन्त्रीले पछिल्लो समयमा देखिएका समस्या तथा चुनौतीहरुको विषयमा चासो राखेका थिए । छलफलका क्रममा प्रधानमन्त्रीले ब्याजदर घटाउन तथा तरलताको समस्याका बारेमा मौद्रिक नीतिमा सुधारका साथै अन्य आवश्यक पहलकदमी गर्नुपर्नेमा जोड दिएका थिए ।

    यस्तै, प्रधानमन्त्रीले देशको अर्थतन्त्रमा देखिएको चुनौतीका कारण जनतामा परेको असरलाई न्यूनिकरण गर्ने उपायहरुको खोजी गर्न, अनुत्पादक क्षेत्रमा ऋण प्रवाह रोक्न तथा अर्थतन्त्रको अवस्थाबारे जनतालाई सुसुचित र सचेत तुल्याउन आवश्यक रहेको बताए ।