कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको नेता चयन गर्न कार्यसमिति गठन - Chaitanya News
  • 2026-05-08
  • 14:48:13
  • शुक्रबार,बैशाख २५, २०८३
  • कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको नेता चयन गर्न कार्यसमिति गठन

    कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको नेता चयन गर्न कार्यसमिति गठन

    काठमाडौं- सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसभित्र संसदीय दलको कार्य विभाजन सर्वसम्मत बन्न नसकेपछि निर्वाचन हुने भएको छ।

    त्यसका लागि ५ सदस्यीय निर्वाचन कमिटी गठन गरिएको छ। नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिले पार्टीको प्रदेश संसदीय दलको नेता एवम् संसदीय दल कार्यसमितिको निर्वाचन गर्न पाँच सदस्सीय समिति गठन गरेको हो।

    पार्टीका प्रदेश उपसभापति लोकराज अवस्थीको संयोजकत्वमा पाँच सदस्सीय समिति गठन गरिएको हो। सदस्यहरूमा उपसभापति जनकराज चौधरी, महामन्त्री नरनारायण शाह ‘मनु’, प्रदेश सदस्य सुरतरावत डोटेली कान्छा, र सामबहादुर देउवा रहेको सभापति बीरबहादुर बलायरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। संसदीय दलको नेता र पदाधिकारी चयनका लागि आज निर्वाचन गर्ने तयारी भएको छ।