चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 176 of 1152
  • 2026-11-22
  • 10:28:00
  • आइतबार,मंसिर ०७, २०८३

About Author

रोजगारीसँग नजोडिएका तालिम रोक्न श्रम मन्त्रीको निर्देशन

काठमाडौं– युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले रोजगारीको स्पष्ट सम्भावना नरहेका सीपमूलक तालिम सञ्चालन नगर्न निर्देशन दिएका छन्। तालिम कार्यक्रमको प्रभावकारिता रोजगारी सिर्जना र श्रम बजारको आवश्यकतासँग जोडिनुपर्नेमा उनले जोड दिएका हुन्। सिंहदरबारस्थित मन्त्रालयमा बिहीबार उद्योगी तथा व्यवसायीहरूसँग भएको छलफलमा मन्त्री यादवले श्रम मन्त्रालयबाट सञ्चालन हुने तालिमहरू उत्पादनशील रोजगारीसँग प्रत्यक्ष सम्बन्धित हुनुपर्ने धारणा राखे। उनले शिक्षा मन्त्रालय र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को मुख्य भूमिका शिक्षण र प्रशिक्षण भए पनि श्रम मन्त्रालयअन्तर्गतका कार्यक्रमको प्राथमिक उद्देश्य प्रशिक्षार्थीलाई रोजगारीको अवसरसँग जोड्नु रहेको बताए। मन्त्री यादवले विगतमा तयार गरिएका कार्यविधिहरूमा निजी क्षेत्र र तालिम लिने व्यक्तिहरूको पर्याप्त सहभागिता तथा अपनत्व हुन नसक्दा बजेट कार्यान्वयनमा समस्या देखिएको उल्लेख गरे। आगामी दिनमा रोजगारदाता, श्रमिक र सरकारबीचको सहकार्यमा नयाँ कार्यविधि (एसओपी) तयार गरी लागू गर्ने तयारी भइरहेको उनले जानकारी दिए। उक्त कार्यविधि आगामी साउन महिनाभित्रै तयार गरी कार्यान्वयनमा ल्याउने प्रतिबद्धता पनि मन्त्री यादवले व्यक्त गरे। यसैगरी, सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक निर्धारणलाई थप वैज्ञानिक र व्यवहारिक बनाउने दिशामा काम अघि बढाउने तयारी गरेको जनाइएको छ।

News by रोजगारीसँग नजोडिएका तालिम रोक्न श्रम मन्त्रीको निर्देशन :