लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर) - Chaitanya News
  • 2026-07-16
  • 13:14:52
  • बिहिबार,आषाढ ३२, २०८३
  • लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर)

    लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर)

    1.१६ औ योजनाको अन्त्य सम्ममा गरिबीको रेखामुनी रहेको जनसंख्या कति प्रतिशतमा झार्ने लक्ष्य लिएको छ ?
    A. १५ प्रतिशत               B. १२ प्रतिशत                C. ११.५प्रतिशत                    D.११ प्रतिशत

    2.तलका भनाई ठिक बेठिक के हुन छुट्याउनुहोस् ।
    १.नेपालको संविधान बमोजिम संघिय र प्रदेश संसदबाट निर्वाचित संवैधानिक राष्ट्रपतिको व्यवस्था छ ।
    २.संविधान बमोजिम केन्द्रमा बढिमा ३५ सदस्यीय मन्त्रीपरिषद रहन्छ ।
    A.दुबै ठिक            B.दुबै बेठिक               C.१ ठिक २ बेठिक              D.२ ठिक १ बेठिक

    3.तलका मध्ये कुन जोडा गलत छ ?
    A. रेटिनोल – रतन्धो                       B.थायमिन – बेरिबेरि
    C. फोलिक एसिड -बाँझोपन          D) Calciferol -ओम्टियो माइलेसिस

    4.सुचि I र सुचि II बिच जोडा मिलाउँनुहोस् र तलको कोडबाट सही उत्तर छान्नुहोस् ।
    a. कौरा नाँच            1. तामाङ
    b. भोटेशेलो             2. मगर
    c. ट्रहोटे पर्व             3. व्यासी
    d. बडानी पुँजा        4. गुरुङ
    A) a1,b2,c3,d4          B) a2,b3,c4,d1               C) a3,b4,c2,d1        D) a2,b1,c4,d3

    5.एशियाली विकास बैकंको प्रधान कार्यालय कहाँ रहेको छ ?
    A. जापानको टोकियो             B. थाईल्याण्डको बैंक             C. चीनको बेईजिङ          D. फिलिपिन्सको मनिला

    6.एक जना मानिसले 100km यात्रा 10 घण्टामा पूरा गर्छ । केही दूरी हिडेर 7 km/hr का दरमा केही दूरी दौडेर 12km/hr का दरमा उस्ले दौडेर कति km पार गर्छ ?
    A, 60km                          B) 72km                      C) 36km                      D) 54km

    7.120 विध्यार्थीको औसत अंक 35 छ । पास विद्यार्थीको औसत अंक 39 र 39 जना नै फेल विद्यार्थीको औसत अंक 15 छ, परीक्षामा पास विद्यार्थीको औसत अंक कति छ ?
    A.100                               B) 110                         C) 120                         D) 150

    8.एक केटा र एक पुरुष मिलेर कुनै काम 24 दिनमा गर्छन । यदि अन्तिममा 6 दिन प्ररुष एक्लैले गरेको भए सो काम सक्न 26 दिन लाग्थ्यो भने पूरा काम गर्न केटालाई एक्लै कति दिन लाग्थ्‌यो ?
    A) 72                                B) 73                          C) 49                           D) 62

    9.एक मानिस आफ्नो घरबाट ८ मीटर हिँड्छ। त्यसपछि उसले बायाँ मोडिन्छ र ६ मीटर हिँड्छ, अब उसले बिपरीत दिशामा (anticlockwise) ४५ डिग्री घुम्छ र ९ मीटर हिँड्छ, अन्तमा दायाँ मोडिन्छ र ५ मीटर हिँड्छ र अब उसलाई थाहा हुन्छ कि ऊ पूर्व दिशातर्फ गइरहेको थियो, त उसले कुन दिशाबाट हिँड्न सुरु गरेको थियो?
    A South-East                   B. South-West         C. North-East             D. North-West

    10.25 पूरुष र 15 महिलाले मिलेर कुनै काम 12 दिनमा गर्छन । सबैले मिलेर काम गर्छन । 8 दिन पछि महिलाले काम गर्दैनन 25 पूरुषले थप 6 दिनमा काम सम्पन्न गर्छन भने पूरा कामलाई 15 महिलाले मात्र गरेको भए कति दिन लाग्थ्यो ?
    A, 48                                   B) 24                         C) 36                           D) 60

    11.EURO-1 के सँग सम्बन्धित छ ?
    A.युरोपेली मुद्रा बजार             B.सवारी प्रदुषण मापदण्ड
    C.वातावरण संरक्षण                D.फोहोरमैला व्यवस्थापन

    12.ओजोन तह क्षयीकरण सम्बन्धि सर्वप्रथम अध्ययन गर्ने व्यक्ति को हुन् ?
    A. आर्थिनस                         B. जेसिफार्मेन              C. जेएफ टुर्बेज             D. ग्रेगर मेण्डल

    13.अमेरिकी एम.सी.सी. परियोजनाको अवधी तलकामध्य कुन हो?
    A) सन् २०२३ जनवरी १ देखि २०२८ डिसेम्बर ३१ सम्म
    B) सन् २०२३ जनवरी ३० देखि २०२९ जनवरी ३० सम्म
    C) सन् २०२३ अगस्ट ३० देखि २०२८ अगस्ट २९ सम्म
    D) सन् २०२३ सेप्टेम्बर ३० देखी २०२८ सेप्टम्बर २९ सम्म

    14.तल दिइएका मध्ये आर्कमिडिजले गरेका प्रतिपादित सिद्धान्तहरु मध्ये कुन पर्दैन् ?
    A. पानीमा उक्रिने सिद्धान्त        B. सापेक्षिक घनत्व          C. अपुर्ण चापको नियम     D. लिभरको सिद्धान्त

    15.निजी क्षेत्रको लगाानीमा सम्पन्न भएको नेपालको पहिलो जलविद्युत योजना कुन हो ? 
    A. थामे                        B.मध्यमस्र्याङ्दी               C. फर्पिङ                  D. खिम्ती

    16.यदि एउटा विद्यालयको विद्यार्थिहरुमध्ये 3/5 केटाहरु छन् यदि केटीको संख्या 240 छ भने जम्मा विद्यार्थि कति होलान ?
    A 400                         B. 500                       C. 600                     D. 700

    17.परीक्षामा ‘A’,’B’र ‘C’ गरी तीन वटा विषय छन् । प्रत्येक विषयमा विद्यार्थी उत्तीर्ण हुनैपर्छ । ‘A’ मा 20 प्रतिशत, ‘B’ मा 22 प्रतिशत र ‘C’ मा 16 प्रतिशत विद्यार्थी अनुत्तीर्ण भएका छन् । सम्पूर्ण परीक्षा उत्तीर्ण गर्ने विद्यार्थीहरूको कुल संख्या कति प्रतिशतको विचमा छन् ?

    A. 42% र 84%               B. 42% र 78%                 C. 58% र 78%               D. 58% र 84%
    18.A र B को अनुपाल 3:2, B र C को अनुपात 4: 5, C र D को अनुपात 6: 7 छ भने A: B: C: D को अनुपात कुन हुन्छ ?
    Α. 16:24:30:35              Β. 16:24:50:70              C. 16:12:30:35              D. 8:24:30:35

    19.एक व्यक्तिले आफ्नो मासिक आम्दानीको ३०% घरभाडामा खर्च गर्छ । बाँकी रकमको २०% छोराछोरीको शिक्षामा र फेरि बाँकी बचेको रकमको ५०% घरायसी खर्चमा लगाउँछ। यदि यी सबै खर्च कटाएर उनले महिनाको रु. ११,२०० बचत गर्छन् भने उनको मासिक आम्दानी कति होला?
    (A) रु. ३५,०००                  (B) रु. ४०,०००                (C) रु. ४५,०००                  (D) रु. ३०,०००

    20.१५ वटा संख्याहरूको औसत ४० छ। यदि पहिलो ८ संख्याहरूको औसत ३८ र अन्तिम ८ संख्याहरूको औसत ४३ छ भने, आठौँ (8th) संख्याको मान कति होला?
    (A) ४५                              (B) ४८                              (C) ५०                           (D) ४२

    उत्तरः

    1. B 11. B
    2. D 12. B
    3. C 13. C
    4. D 14. C
    5. D 15. D
    6. C 16. C
    7. A 17. C
    8. A 18. D
    9, A 19. B
    10. C 20. B

    (प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएकाे हाे ।)

    सल्लाह सुझाव तथा लाेकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहाेला ।

    Chaitanya Academy Nepal

     New Baneshwor, Shankhamool, Kathmandu

    Contact No. 01-4792427, 9851246100, 9851146100