बागमती प्रदेश प्रमुख देवकोटाले गरे दुई विधेयक प्रमाणीकरण - Chaitanya News
  • 2026-07-16
  • 13:14:51
  • बिहिबार,आषाढ ३२, २०८३
  • बागमती प्रदेश प्रमुख देवकोटाले गरे दुई विधेयक प्रमाणीकरण

    बागमती प्रदेश प्रमुख देवकोटाले गरे दुई विधेयक प्रमाणीकरण

    मकवानपुर– बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेश सभाको हालैको बैठकबाट पारित भएका दुई वटा आर्थिक विधेयक प्रमाणीकरण गरेका छन्।

    प्रदेश प्रमुख देवकोटाले ‘प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३’ र ‘प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०८३’ प्रमाणीकरण गरेका हुन्।

    यही असार २० गतेको प्रदेशसभा बैठकले ती विधेयक पारित गरेको हो।