सुदूरपश्चिम प्रदेशमा नेकपाले बोलायो संसदीय दलको बैठक - Chaitanya News
  • 2026-07-16
  • 10:37:12
  • बिहिबार,आषाढ ३२, २०८३
  • सुदूरपश्चिम प्रदेशमा नेकपाले बोलायो संसदीय दलको बैठक

    सुदूरपश्चिम प्रदेशमा नेकपाले बोलायो संसदीय दलको बैठक

    धनगढी– सुदूरपश्चिम प्रदेशमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश संसदीय दलले दलको बैठक बोलाएको छ।

    संसदीय दलका नेता खगराज भट्टले शुक्रबार बिहान ११ बजे प्रदेश संसदीय दलको कार्यालयमा बैठक आह्वान गरेका हुन्। बैठकमा सुदूरपश्चिम सरकार गठन बारे महत्त्वपूर्ण निर्णय गरिने छ।

    मुख्यमन्त्री कमलबहादुर शाहले सरकारमा रहेका नेकपा ९एमाले० का मन्त्रीहरूलाई बर्खास्त गरेपछि प्रदेशको सत्ता समीकरण फेरिएको छ। त्यसलगत्तै एमालेले मुख्यमन्त्री शाह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरिसकेको छ।

    एमालेको समर्थन फिर्तासँगै मुख्यमन्त्री शाह अल्पमतमा परेका छन्। बजेट पारित गराउन उनले नेकपासँग सहयोगको आग्रह गरेका थिए। नेकपाले उक्त प्रस्ताव अस्वीकार गर्दै वर्तमान सरकारलाई समर्थन नगर्ने अडान राखेको छ। आफ्नो सर्तहरू पुरा नभएसम्म सरकार गठनमा नेपाली कांग्रेस वा एमाले कुनैपनि दललाई सहयोग नगर्ने नेकपाको भनाई छ।