नीति निर्माणमा निजी क्षेत्रलाई ‘सहभागी’ बनाउन महासंघ अध्यक्ष श्रेष्ठको माग - Chaitanya News
  • 2026-07-16
  • 14:59:27
  • बिहिबार,आषाढ ३२, २०८३
  • नीति निर्माणमा निजी क्षेत्रलाई ‘सहभागी’ बनाउन महासंघ अध्यक्ष श्रेष्ठको माग

    नीति निर्माणमा निजी क्षेत्रलाई ‘सहभागी’ बनाउन महासंघ अध्यक्ष श्रेष्ठको माग

    काठमाडौँ– नेपाल उद्योग वाणिज्य महासंघले कानून निर्माण र नीतिगत निर्णय प्रक्रियामा निजी क्षेत्रको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न सरकारसँग आग्रह गरेको छ।

    बिहीबार युवा, श्रम तथा रोजगार मन्त्रालयमा उद्योगी–व्यवसायीसँग आयोजित छलफलमा महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले नीति तथा कानून निर्माणका क्रममा निजी क्षेत्रलाई औपचारिक उपस्थितिमा सीमित नराखी निर्णय प्रक्रियाको सक्रिय साझेदार बनाउनुपर्ने बताए।

    उनले नयाँ आर्थिक वर्षको पूर्वसन्ध्यामा आयोजित श्रम तथा रोजगारीसम्बन्धी छलफलमा बोल्दै सरकारले ऐन तथा कानून संशोधनअघि निजी क्षेत्रसँग पर्याप्त परामर्श नगर्ने र आवश्यक गृहकार्यका लागि समयसमेत नदिने गरेको गुनासो गरे।

    श्रेष्ठले निजी क्षेत्रको अनुभव र सुझावलाई सुरुदेखि नै समेटेर नीति निर्माण गरिए त्यसले कार्यान्वयनलाई प्रभावकारी बनाउने र उद्योग–व्यवसायमैत्री वातावरण सिर्जना हुने धारणा व्यक्त गरे।