चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 120 of 1153
  • 2026-11-22
  • 19:41:19
  • आइतबार,मंसिर ०७, २०८३

About Author

प्रचण्डले भने: कार्यनीति र रणनीतिको चक्करमा फस्दा गम्भीर त्रुटि भयो

काठमाडौँ– नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो वर्ग, मूल विचार र रणनीतिलाई नजरअन्दाज गर्दा असफल भएको बताएका छन्। आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै संयोजक प्रचण्डले आफ्नो पार्टी पछिल्लो समय रणनीति बिर्सेर सत्ता बनाउने र ढलाउनेमा लाग्नु गम्भीर भुल भएको बताएका हुन्। ‘हामी बढी कार्यनीतिमा अल्झियौ, सत्ता समीकरण बनाउने र भत्काउने नै कामको केन्द्रबिन्दु बन्न पुग्यो’, प्रचण्डले भने, ‘हिजो जनयुद्धमा हुँदा सामन्तवादलाई परास्त गर्ने रणनीति थियो।’ त्यसको प्राप्तिका निम्ति कार्यनीति बनाएर अघि बढ्दा जनयुद्धमा सफल भए पनि अहिले रणनीतिलाई कार्यनीति र कार्यनीतिलाई रणनीतिजस्तो बनाउँदा चक्करमा फसेको स्वीकार गरे। ‘किताबमा लेखे पनि र भाषणमा बोले पनि हाम्रो जनतासँगको सम्बन्ध कमजोर हुँदै गयो, यही हाम्रो मुख्य त्रुटि भयो’, उनले भने, ‘तर हाम्रो बैरी भने कार्यनीति छाडेर रणनीतिमा केन्द्रित भयो। उनीहरूले कसरी नेपालबाट कम्युनिस्टलाई सखाप पार्ने भनेर केन्द्रित भए।’

News by प्रचण्डले भने: कार्यनीति र रणनीतिको चक्करमा फस्दा गम्भीर त्रुटि भयो :