काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सञ्चालन गर्दै आएको ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रमअन्तर्गत गृहमन्त्री सुदन गुरुङले सोमबार नागरिकसँग प्रत्यक्ष संवाद गर्ने भएका छन्।
गृहमन्त्री गुरुङ ८ भदौ (भोलि) पार्टीको केन्द्रीय कार्यालयमा उपस्थित भएर नागरिकका गुनासा, समस्या, सुझाव तथा अपेक्षा सुन्ने रास्वपाले जनाएको छ। कार्यक्रम साँझ ५ बजेपछि सञ्चालन हुनेछ।
कार्यक्रम दुई चरणमा सञ्चालन हुने जनाइएको छ। पहिलो चरणमा नागरिकले आफ्ना गुनासा, समस्या, सुझाव तथा अपेक्षा गृहमन्त्रीसमक्ष प्रत्यक्ष रूपमा राख्न सक्नेछन्। दोस्रो चरणमा मन्त्री, सांसद तथा पार्टीको केन्द्रीय नेतृत्वबीच नागरिकबाट प्राप्त सुझावका साथै समसामयिक र नीतिगत विषयमा छलफल गरिनेछ।