‘नेपालको अर्थतन्त्रमा क्रमशः सुधारका संकेत देखिन थालेका छन्’: परराष्ट्र मन्त्री - Chaitanya News
  • 2026-08-23
  • 09:13:36
  • आइतबार,भाद्र ०७, २०८३
  • ‘नेपालको अर्थतन्त्रमा क्रमशः सुधारका संकेत देखिन थालेका छन्’: परराष्ट्र मन्त्री

    ‘नेपालको अर्थतन्त्रमा क्रमशः सुधारका संकेत देखिन थालेका छन्’: परराष्ट्र मन्त्री

    काठमाडौँ– आज (आइतबार) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले टोखा नगरपालिका–१ कार्यसमितिले झोरमा आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै परराष्ट्र मन्त्री शिशिर खनालले नेपालको अर्थतन्त्रमा क्रमशः सुधारका संकेत देखिन थालेको बताएका छन् ।

    मन्त्री खनालले नेपालको आर्थिक क्षेत्र क्रमशः सुधारको बाटोमा अगाडि बढेको बताए। उनले अघिल्लो आर्थिक वर्षको साउन महिनाको तुलनामा यस वर्ष साउनमा कर संकलनमा १० प्रतिशतले वृद्धि भएको बताए। बजारमा सकारात्मक चहलपहल सुरु भएको र यसले अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत पुगेको उनको भनाइ छ।

    मन्त्री खनालले साउन महिनामा नेपाली बैंकको नेतृत्वमा जलविद्युत् आयोजनामा लगानी गर्ने निर्णय भएको भन्दै यसले नेपालको अर्थतन्त्रमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। नयाँ बजेट कार्यान्वयनमा आएपछि निजी क्षेत्रको आत्मविश्वास बढ्दै गएको र आउने वर्षमा सेयर बजारमा पनि सकारात्मक सुधार आउने प्रक्षेपण गरिएको उनले बताए।

    काठमाडौँ क्षेत्र नं ६ का सांसदसमेत रहनुभएका मन्त्री खनालले काठमाडौँको सवारी चाप कम गर्न गोंगबु क्षेत्रमा फ्लाईओभर निर्माण गर्ने र साङ्ला खोला करिडोरलाई अन्तर्राष्ट्रिय राजमार्गसँग जोड्ने योजना अगाडि बढाइएको उल्लेख गरे।