काठमाडौँ– ठुलो संख्यामा नायव सुब्बाको सरुवा गरिएको छ । शुक्रबार भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका नायव सुब्बा तहका ८४ जना कर्मचारीहरूको सरुवा गरेको हो।
मन्त्रालयले दुई छुट्टाछुट्टै निर्णयका आधारमा ८४ सुब्बाहरूको सरुवा गरेको हो। कर्मचारीहरूलाई विभिन्न मन्त्रालय, विभाग, जिल्ला प्रशासन कार्यालय तथा स्थानीय तहहरूमा सरुवा गरिएको छ।
पहिलो सूचीमा ४५ जना र दोस्रो सूचीमा ३९ जना गरी कुल ८४ जना सुब्बाहरू सरुवामा परेका हुन्। सरुवा हुनेहरूमा विभिन्न जिल्लाका मालपोत कार्यालय, जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय र विभिन्न मन्त्रालयमा कार्यरत छन्।
विभिन्न कार्यालयहरूमा कर्मचारीको अभाव पूर्ति गर्न र प्रशासनिक कार्यलाई थप चुस्त बनाउन कर्मचारीहरूलाई नयाँ जिम्मेवारी तोकिएको मन्त्रालयले जनाएको छ।
सरुवा भएका कर्मचारीहरूलाई तत्कालै तोकिएको कार्यालयमा हाजिर हुन समेत निर्देशन दिइएको छ।
![]()
![]()
![]()
![]()
![]()