चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 317 of 1156
  • 2026-11-23
  • 20:05:43
  • सोमबार,मंसिर ०८, २०८३

About Author

दीपेन्द्रको कप्तानीमा यूएईसँग टी–२०आई खेल्ने नेपाली टोली घोषणा, टोलीमै परेनन् रोहित पौडेल

काठमाडौं– यूएईसँगको टी–२०आई शृंखला खेल्ने नेपाली टोलीको घोषणा भएको छ। खेल आगामी सोमबार र मंगलबार त्रिवि क्रिकेट मैदानमा हुने तय भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले दीपेन्द्रसिंह ऐरीको कप्तानीमा नेपाली टोलीको घोषणा गरेको हो। रोहित पौडेल भने १५ सदस्यीय टोलीमै परेका छैनन्। यस्तै टी– २०आई टोलीमा कुशल मल्ल र अर्जुन साउदले पुनरागमन गरेका छन्। मल्लले टी–२० विश्वकप एसिया छनोटमा पछिल्लोपटक खेलेका थिए। साउदले सन् २०२२ मा केन्याविरुद्ध खेलेका थिए। यस्तै सन्तोष यादव र हेमन्त धामी पनि टी–२०आई टोलीमा स्थान बनाएका छन्। दुवैले डेब्यू गर्न बाँकी छ। क्यानले टी–२०आई टोलीको कप्तानी दीपेन्द्रले तथा ओडिआई टोलीको कप्तानी रोहित पौडेलले गर्ने जनाएको छ ।  

News by दीपेन्द्रको कप्तानीमा यूएईसँग टी–२०आई खेल्ने नेपाली टोली घोषणा, टोलीमै परेनन् रोहित पौडेल :