दीपेन्द्रको कप्तानीमा यूएईसँग टी–२०आई खेल्ने नेपाली टोली घोषणा, टोलीमै परेनन् रोहित पौडेल - Chaitanya News
  • 2026-04-17
  • 17:48:07
  • शुक्रबार,बैशाख ०४, २०८३
  • दीपेन्द्रको कप्तानीमा यूएईसँग टी–२०आई खेल्ने नेपाली टोली घोषणा, टोलीमै परेनन् रोहित पौडेल

    दीपेन्द्रको कप्तानीमा यूएईसँग टी–२०आई खेल्ने नेपाली टोली घोषणा, टोलीमै परेनन् रोहित पौडेल

    काठमाडौं– यूएईसँगको टी–२०आई शृंखला खेल्ने नेपाली टोलीको घोषणा भएको छ। खेल आगामी सोमबार र मंगलबार त्रिवि क्रिकेट मैदानमा हुने तय भएको छ ।

    नेपाल क्रिकेट संघ (क्यान) ले दीपेन्द्रसिंह ऐरीको कप्तानीमा नेपाली टोलीको घोषणा गरेको हो। रोहित पौडेल भने १५ सदस्यीय टोलीमै परेका छैनन्।

    यस्तै टी– २०आई टोलीमा कुशल मल्ल र अर्जुन साउदले पुनरागमन गरेका छन्। मल्लले टी–२० विश्वकप एसिया छनोटमा पछिल्लोपटक खेलेका थिए। साउदले सन् २०२२ मा केन्याविरुद्ध खेलेका थिए।

    यस्तै सन्तोष यादव र हेमन्त धामी पनि टी–२०आई टोलीमा स्थान बनाएका छन्। दुवैले डेब्यू गर्न बाँकी छ।

    क्यानले टी–२०आई टोलीको कप्तानी दीपेन्द्रले तथा ओडिआई टोलीको कप्तानी रोहित पौडेलले गर्ने जनाएको छ ।