चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 27 of 1111
  • 2026-10-09
  • 17:52:36
  • शुक्रबार,आश्विन २३, २०८३

About Author

सेयर बजारः १७६ कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौँ– आज (बिहिबार) सेयर बजार दोहोरो अङ्कले बढेको छ। बिहीबार बजार बन्द हुँदासम्म नेप्से परिसूचक ११.७७ अङ्कले वृद्धि भई २६२९.८१ को बिन्दुमा पुगेको छ। आजको बजारमा कारोबार रकम सामान्य देखिएको छ। दिनभरिमा कुल ५ अर्ब ४४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। दिनभरिमा १ करोड ७२ लाख कित्ता सेयर किनबेच भएका छन्। आजको बजारमा लगानीकर्ताहरूको आकर्षण बढ्दा कुल १७६ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ९५ वटा कम्पनीको सेयर मूल्य घटेको छ। ७ वटा कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन। आजको बजारमा नेपाल ल्युब आयल सबैभन्दा धेरै १२.४७ प्रतिशतले बढेको छ। त्यसैगरी, सोनापुर मिनरल्स, कुमारी सबल योजना, घोराही सिमेन्ट र सीवाईसी नेपाल लघुवित्त लगायतका कम्पनीहरू पनि सर्वाधिक कमाउनेको सूचीमा छन्। कारोबार रकमका आधारमा आज शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। कम्पनीको ३५ करोड ८१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ। बजार बन्द हुँदा कुल बजार पुँजीकरण ४५ खर्ब २३ अर्ब रुपैयाँ कायम भएको छ।

News by सेयर बजारः १७६ कम्पनीको सेयर मूल्य बढ्यो :