चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 944 of 1153
  • 2026-11-22
  • 15:47:37
  • आइतबार,मंसिर ०७, २०८३

About Author

तीन प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौं-  नेपालमा अहिले पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । आज (आइतबार) दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ । प्रदेश–१, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । राति प्रदेश–१ र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।  

News by तीन प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना :