राष्ट्रपतिका लागि रामचन्द्र पौडेलले गरे मनोनय दर्ता - Chaitanya News
  • 2026-05-09
  • 20:58:38
  • शनिबार,बैशाख २६, २०८३
  • राष्ट्रपतिका लागि रामचन्द्र पौडेलले गरे मनोनय दर्ता

    राष्ट्रपतिका लागि रामचन्द्र पौडेलले गरे मनोनय दर्ता

    काठमाडौं- राष्ट्रपतिका लागि नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलले मनोनय दर्ता गरेका छन्।

    शनिबार दिउँसो बानेश्वरस्थित निर्वाचन अधिकृत कार्यालयमा पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन्। उनका साथमा कांग्रेस सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल थिए।

    राष्ट्रपति उम्मेदवारका लागि आठ दलले सघाउने निर्णय गरेका थिए।