काठमाडौं– मुलकको चौंथो राष्ट्रपतिका लागि आज मनोनयन दर्ता हुने भएको छ।
निर्वाचन आयोगले बिहान १० बजेदेखि दिउँसो ३ बजे भित्र राष्ट्रपतिका लागि उम्मेदवार मनोनयन हुने कार्यतालिका सार्वजनिक गरेको छ। जसअनुसार अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई मनोनयन गर्ने स्थल तोकिएको छ।
शुक्रबार साँझ आठ दल बिच भएको सहमति अनुसार नेपाली कांग्रेसका उम्मेदवारलाई राष्ट्रपति बनाउने सहमति भए पनि उम्मेदवार भने अझै चयन भएको छैन।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँगको गठबन्धन तोडेर कांग्रेससँग नयाँ गठबन्धन कायम गरे पछि राजनीतिक परिस्थिति बदलिएपछि नेकपा एमालेले भने राष्ट्रपति निर्वाचनमा के गर्छ ? भन्ने अझै अन्यौल कायम छ।
यद्धपी एमालेले सचिवालय बैठक बोलाएर निर्णय लिने उपमहासचिव प्रदिप ज्ञवालीले जानकारी दिए। एमालेले शनिबार बिहान ९ बजेका लागि सचिवालय बैठक बोलाइसकेको छ।