चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1036 of 1152
  • 2026-11-22
  • 08:28:43
  • आइतबार,मंसिर ०७, २०८३

About Author

यी हुन काँग्रेसबाट प्रत्यक्षमा जितेका ५७ सांसद , को को छन् ?

काठमाडौँ - मङ्सिर ४ गतेसम्म आम निर्वाचनको प्रत्यक्षतर्फको अब एक स्थानको नतिजा आउन बाँकी रहेको छ । अहिले दोलखाको मत गणना जारी रहेको छ भने अन्य १६४ स्थानको नतिजा आइसकेको छ । प्रत्यक्षतर्फ काँग्रेसले ५७ सिट जितेर सबैभन्दा ठुलो पार्टी बनेको छ । त्यस्तै एमालेले अहिलेसम्म ४४ सिट जितेको छ भने दोलखामा एमालेका उम्मेदवार अगाडी रहेका छन् । त्यस्तै माओवादी केन्द्रले १७ स्थानमा जित हासिल गरेको छ भने एकीकृत समाजवादीले १० स्थानमा जित हासिल गरेको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले ७, राप्रपाले ७, जसपाले ७, र लोसपाले ४ स्थानमा जित हासिल गरेको छ । त्यस्तै नागरिक उन्मुक्ति पार्टीले ३ सिट जितेका छन् भने जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र जनमत पार्टीले एक-एक ठाउँमा जित हासिल गरेका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवारले ५ स्थानमा जित हासिल गरेका छन् । यी हुन् नेपाली काँग्रेसबाट प्रत्यक्षमा जितेका ५७ सांसद: १- योगेश गौचन (मुस्ताङ) २- टेकबहादुर गुरूङ (मनाङ) ३- प्रकाशमान सिंह (काठमाडौं-१) ४- सन्तोष चालिसे (काठमाडौं-३) ५- गगन थापा (काठमाडौं-४) ६- प्रदीप पौडेल (काठमाडौं-५) ७- राजन केसी (काठमाडौं-१०) ८- शंकर भण्डारी (तनहुँ-२) ९- हृदयराम थानी (सुर्खेत-२) १०- उदयशमशेर राणा (ललितपुर-१) ११- रमेश रिजाल (पर्सा-४) १२- शेरबहादुर देउवा (डडेल्धुरा) १३- मोहन आचार्य (रसुवा) १४- रामहरि खतिवडा (ओखलढुंगा) १५- विश्वप्रकाश शर्मा (झापा-१) १६- अजयकुमार चौरसिया (पर्सा-२) १७- पुष्पबहादुर शाह (अछाम-२) १८- रमेश लेखक- (कञ्चनपुर- ३) १९- दिलेन्द्र बडू (दार्चुला) २०- वीरबहादुर बलायर (कैलाली-४) २१- राजेन्द्र बजगाई (गोरखा-१) २२- खमबहादुर गर्बुजा (म्याग्दी) २३- दुर्लभ थापा (भक्तपुर-२) २४- दिक्पालकुमार शाही (दैलेख-२) २५- एनपी साउद (कंचनपुर-३) २६- श्यामकुमार घिमिरे (सिन्धुली-१) २७- रामचन्द्र पौडेल (तनहुँ-१) २८- किशोरसिंह राठोर (बाँके-३) २९- डा. शशांक कोइराला (नवलपरासी पूर्व- १) ३०- देवप्रसाद तिमलसेना (रौतहट-४) ३१- रामनाथ अधिकारी (धादिङ-२) ३२- दिनेशकुमार यादव (सप्तरी-३) ३३- विष्णुकुमार कार्की (नवलपरासी पुर्व-२) ३४- पूर्णबहादुर खड्का (सुर्खेत-१) ३५- संजय गौतम (बर्दिया-१) ३६- दिपक गिरी (दाङ-३) ३७- बिनोद चौधरी (नवलपरासी पश्चिम-१) ३८- रामकृष्ण यादव (धनुषा-२) ३९- डा. शेखर कोइराला (मोरङ-६) ४०- डिल्लीराज पन्त (कैलाली-५) ४१- सुनिलकुमार शर्मा (मोरङ-३) ४२- दिपक खड्का (संखुवासभा-१) ४३- मोहनबहादुर बस्नेत (सिन्धुपाल्चोक-२) ४४- चन्द्र भण्डारी (गुल्मी-१) ४५- राजु थापा (स्याङ्जा-१) ४६- सीता गुरुङ (तेह्रथुम) ४७- सुरेन्द्र आचार्य (कपिलवस्तु-२) ४८- अर्जुननरसिंह केसी (नुवाकोट-२) ४९- तेजुलाल चौधरी (सप्तरी-४) ५०- ऐनबहादुर शाही (मुगु) ५१- महेन्द्र कुमार राय (महोत्तरी-४) ५२- डिग बहादुर लिम्बु (मोरङ-१) ५३- पूर्णबहादुर तामाङ (रामेछाप) ५४- डा. नारायण खड्का (उदयपुर-१) ५५- ज्ञानेन्द्र बहादुर कार्की (सुनसरी-४) ५६- धनराज गुरुङ (स्याङ्जा-२) ५७- बद्री पाण्डे (बाजुरा)

News by यी हुन काँग्रेसबाट प्रत्यक्षमा जितेका ५७ सांसद , को को छन् ? :