विश्वकप फुटबलमा आज दुई खेल : पहिलो खेलमा फ्रान्स र पोल्याण्डको प्रतिस्पर्धा - Chaitanya News
  • 2026-04-23
  • 08:39:31
  • बिहिबार,बैशाख १०, २०८३
  • विश्वकप फुटबलमा आज दुई खेल : पहिलो खेलमा फ्रान्स र पोल्याण्डको प्रतिस्पर्धा

    विश्वकप फुटबलमा आज दुई खेल : पहिलो खेलमा फ्रान्स र पोल्याण्डको प्रतिस्पर्धा

    काठमाडौं – विश्वकप फुटबलमा आइतबार अन्तिम १६ का दुई खेल हुँदैछन्। पहिलो खेलमा अल थुमामा स्टेडियममा फ्रान्स र पोल्याण्डबीच प्रतिस्पर्धा हुनेछ। यो खेल राति ८ः४५ मा सुरु हुनेछ।

    फ्रान्स समूह डीको विजेता हो भने पोल्याण्ड समूह सीको उपविजेता हो। दुबै टोली जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने तयारीमा छन्।

    आइतबार हुने दोस्रो खेलमा इंग्ल्यान्ड र सेनेगलबीच प्रतिस्पर्धा हुनेछ। यो खेल राति १२ः४५ मा सुरु हुनेछ।इंग्ल्यान्ड समूह बीको विजेता हो भने सेनेगल समूह एको उपविजेता हो।

    यसअघि नै नेदरल्याण्ड र अर्जेन्टिना क्वाटरफाइनल प्रवेश गरिसकेका छन्। शनिबार राति भएका खेलमा नेदरल्याण्डले अमेरिका र अर्जेन्टिनाले अष्ट्रेलियालाई पराजित गदै क्वाटरफाइनल यात्रा तय गरेका हुन्।