यी हुन काँग्रेसबाट प्रत्यक्षमा जितेका ५७ सांसद , को को छन् ? - Chaitanya News
  • 2026-04-27
  • 23:42:23
  • सोमबार,बैशाख १४, २०८३
  • यी हुन काँग्रेसबाट प्रत्यक्षमा जितेका ५७ सांसद , को को छन् ?

    यी हुन काँग्रेसबाट प्रत्यक्षमा जितेका ५७  सांसद , को को छन् ?

    काठमाडौँ – मङ्सिर ४ गतेसम्म आम निर्वाचनको प्रत्यक्षतर्फको अब एक स्थानको नतिजा आउन बाँकी रहेको छ । अहिले दोलखाको मत गणना जारी रहेको छ भने अन्य १६४ स्थानको नतिजा आइसकेको छ ।

    प्रत्यक्षतर्फ काँग्रेसले ५७ सिट जितेर सबैभन्दा ठुलो पार्टी बनेको छ । त्यस्तै एमालेले अहिलेसम्म ४४ सिट जितेको छ भने दोलखामा एमालेका उम्मेदवार अगाडी रहेका छन् ।

    त्यस्तै माओवादी केन्द्रले १७ स्थानमा जित हासिल गरेको छ भने एकीकृत समाजवादीले १० स्थानमा जित हासिल गरेको छ ।

    त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले ७, राप्रपाले ७, जसपाले ७, र लोसपाले ४ स्थानमा जित हासिल गरेको छ । त्यस्तै नागरिक उन्मुक्ति पार्टीले ३ सिट जितेका छन् भने जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र जनमत पार्टीले एक-एक ठाउँमा जित हासिल गरेका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवारले ५ स्थानमा जित हासिल गरेका छन् ।

    यी हुन् नेपाली काँग्रेसबाट प्रत्यक्षमा जितेका ५७ सांसद:

    १- योगेश गौचन (मुस्ताङ)
    २- टेकबहादुर गुरूङ (मनाङ)
    ३- प्रकाशमान सिंह (काठमाडौं-१)
    ४- सन्तोष चालिसे (काठमाडौं-३)
    ५- गगन थापा (काठमाडौं-४)
    ६- प्रदीप पौडेल (काठमाडौं-५)
    ७- राजन केसी (काठमाडौं-१०)
    ८- शंकर भण्डारी (तनहुँ-२)
    ९- हृदयराम थानी (सुर्खेत-२)
    १०- उदयशमशेर राणा (ललितपुर-१)
    ११- रमेश रिजाल (पर्सा-४)
    १२- शेरबहादुर देउवा (डडेल्धुरा)
    १३- मोहन आचार्य (रसुवा)
    १४- रामहरि खतिवडा (ओखलढुंगा)
    १५- विश्वप्रकाश शर्मा (झापा-१)
    १६- अजयकुमार चौरसिया (पर्सा-२)
    १७- पुष्पबहादुर शाह (अछाम-२)
    १८- रमेश लेखक- (कञ्चनपुर- ३)
    १९- दिलेन्द्र बडू (दार्चुला)
    २०- वीरबहादुर बलायर (कैलाली-४)
    २१- राजेन्द्र बजगाई (गोरखा-१)
    २२- खमबहादुर गर्बुजा (म्याग्दी)
    २३- दुर्लभ थापा (भक्तपुर-२)
    २४- दिक्पालकुमार शाही (दैलेख-२)
    २५- एनपी साउद (कंचनपुर-३)
    २६- श्यामकुमार घिमिरे (सिन्धुली-१)
    २७- रामचन्द्र पौडेल (तनहुँ-१)
    २८- किशोरसिंह राठोर (बाँके-३)
    २९- डा. शशांक कोइराला (नवलपरासी पूर्व- १)
    ३०- देवप्रसाद तिमलसेना (रौतहट-४)
    ३१- रामनाथ अधिकारी (धादिङ-२)
    ३२- दिनेशकुमार यादव (सप्तरी-३)
    ३३- विष्णुकुमार कार्की (नवलपरासी पुर्व-२)
    ३४- पूर्णबहादुर खड्का (सुर्खेत-१)
    ३५- संजय गौतम (बर्दिया-१)
    ३६- दिपक गिरी (दाङ-३)
    ३७- बिनोद चौधरी (नवलपरासी पश्चिम-१)
    ३८- रामकृष्ण यादव (धनुषा-२)
    ३९- डा. शेखर कोइराला (मोरङ-६)
    ४०- डिल्लीराज पन्त (कैलाली-५)
    ४१- सुनिलकुमार शर्मा (मोरङ-३)
    ४२- दिपक खड्का (संखुवासभा-१)
    ४३- मोहनबहादुर बस्नेत (सिन्धुपाल्चोक-२)
    ४४- चन्द्र भण्डारी (गुल्मी-१)
    ४५- राजु थापा (स्याङ्जा-१)
    ४६- सीता गुरुङ (तेह्रथुम)
    ४७- सुरेन्द्र आचार्य (कपिलवस्तु-२)
    ४८- अर्जुननरसिंह केसी (नुवाकोट-२)
    ४९- तेजुलाल चौधरी (सप्तरी-४)
    ५०- ऐनबहादुर शाही (मुगु)
    ५१- महेन्द्र कुमार राय (महोत्तरी-४)
    ५२- डिग बहादुर लिम्बु (मोरङ-१)
    ५३- पूर्णबहादुर तामाङ (रामेछाप)
    ५४- डा. नारायण खड्का (उदयपुर-१)
    ५५- ज्ञानेन्द्र बहादुर कार्की (सुनसरी-४)
    ५६- धनराज गुरुङ (स्याङ्जा-२)
    ५७- बद्री पाण्डे (बाजुरा)