अब दुई स्थानको अन्तिम परिणाम आउन बाँकी , कसले कति सिट जित्यो ? - Chaitanya News
  • 2026-04-27
  • 22:01:17
  • सोमबार,बैशाख १४, २०८३
  • अब दुई स्थानको अन्तिम परिणाम आउन बाँकी , कसले कति सिट जित्यो ?

    अब दुई स्थानको अन्तिम परिणाम आउन बाँकी , कसले कति सिट जित्यो ?

    काठमाडौं-  प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्रमध्ये अब दुई वटा क्षेत्रको मात्रै अन्तिम परिणाम आउन बाँकी छ ।

    मतगणना भइरहेका दुई क्षेत्र मध्ये दोलखामा नेकपा (एमाले) र बाजुरामा नेपाली कांग्रेस उम्मेदवारको अग्रता रहेको छ ।

    पछिल्लो मत परिणाम अनुसार दोलखामा एमाले उम्मेदवार बालकृष्ण शिवाकोटीले १६ हजार २१४ मत प्राप्त गर्दा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार गंगा कार्कीले १४ हजार ७११ मत प्राप्त गर्नुभएको छ ।

    यस्तै, बाजुरामा भने कांग्रेस उम्मेदवार बद्रि पाण्डे २६ हजार ९८६ मतसहित अगाडि रहँदा एमाले उम्मेदवार कर्ण थापाले २३ हजार २०८ मत पाउनु भएको छ । यो क्षेत्रमा गणना हुन बाँकी मत भन्दा कांग्रेस उम्मेदवार पाण्डेको अग्रता बढी भएकाले उहाँको जित निश्चित भएको छ ।

    हालसम्म कांग्रेसले ५६ सिट जितेको छ भने एमालेको ४४ सिट र माओवादीले १७ सिट जितेको छ ।