चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 249 of 1165
  • 2026-11-29
  • 08:43:04
  • आइतबार,मंसिर १४, २०८३

About Author

२८ वर्षपछि विश्वकपमा फर्किएको स्कटल्यान्डको सुखद सुरुवात

काठमाडौँ– २८ वर्षपछि विश्वकपमा फर्किएको स्कटल्यान्डले आफ्नो पहिलो खेलमै जित निकाल्दै सुखद सुरुआत गरेको छ। अमेरिकाको बोस्टन स्टेडियममा आज सम्पन्न समूह ‘सी’ को खेलमा स्कटल्याण्डले हाइटीलाई १–० गोलअन्तले पराजित गर्दै विश्वकपको आफ्नो उद्घाटन खेलमा सुखद सुरुआत गरेको हो। २८ वर्षपछि विश्वकपमा फर्किएको स्कटल्याण्डले जितसँगै शीर्ष तीन अंक जोडेको छ। स्कटल्याण्डले पछिल्लो पटक सन् १९९८ मा विश्वकप खेलेको थियो। त्यसपछि लगातार छनोट हुन सकेको थिएन। स्कटल्याण्डको जितमा जोन म्याकगिनलले गरेको एक गोल नै निर्णायक गोल साबित भयो। उनले खेलको पहिलो हाफको २८औँ मिनेटमा गोल गरे। समूह ‘सी’ अन्तर्गत आज बिहान सम्पन्न खेलमा पाँच पटकको विश्वकप विजेता ब्राजिलले मोरक्कोसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो। यस समूह ‘सी’ मा स्कटल्याण्ड तीन अंकका साथ शीर्ष स्थानमा छ भने मोरक्को एक अंकका साथ दोस्रो स्थानमा छ। त्यस्तै, समान एक अंक नै बटुलेको ब्राजिल तेस्रो स्थानमा छ। अंकविहीन रहेको हाइटी चौथो स्थानमा छ। विश्वकपअन्तर्गत आजै समूह ‘डी’ को खेलमा अस्ट्रेलिया र टर्कीबीच प्रतिस्पर्धा हुनेछ। क्यानडाको भ्यानकुभर स्टेडियममा हुने उक्त खेल अहिले बिहान ९ः४५ बजेदेखि सुरु हुनेछ। आज हुने अर्को समूह ‘इ’ को खेलमा जर्मनी र कुराकाओबीच भिडन्त हुनेछ। उक्त खेल राति १०ः४५ बजे हुनेछ।  

News by २८ वर्षपछि विश्वकपमा फर्किएको स्कटल्यान्डको सुखद सुरुवात :