चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 970 of 1153
  • 2026-11-23
  • 04:14:04
  • आइतबार,मंसिर ०७, २०८३

About Author

कर्मचारीलाई विवाह बिदा

पोखरा- गण्डकी प्रदेशले कर्मचारीका लागि विवाह बिदा दिने निर्णय गरेको छ। यसअघि भइपरि आउने बिदा, बिरामी बिदा, किरिया बिदा र सुत्केरी बिदा पाउँदै आएकोमा प्रदेशमा कार्यरत कर्मचारीले विवाह बिदा पनि पाउने भएका छन्। प्रदेश सरकारले विवाह बिदा शीर्षक थप गर्दै यो सुविधा दिने निर्णय गरेको हो। गण्डकी सभाबाट बिहीबार स्वीकृत भएको स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेशमा विवाह बिदाको प्रावधान ल्याइएको छ। उक्त बिदा पाउनका लागि कुनकुन बिदा आवश्यक पर्छ भन्ने यकिन कार्यविधि वा कर्मचारी नियमावलीले गर्नेछ। अध्यादेशको दफा ११४ को उपदफा १ मा विवाहसहित ९ प्रकारका बिदाको व्यवस्था गरेको छ।